सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो सोमबार सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको थियो भने साताको पहिलो दिन आइतबार सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपियाँ  र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपियाँ निर्धारण गरिएको छ । हिजो सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

Advertisement

साताको पहिलो दिन आइतबार भने छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ८९ हजार ८ सय रुपियाँ  र चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपियाँमा कारोबार भएको थियो ।  

Advertisement

Advertisement