‘टाटा सफारी’को नयाँ मोडलमा नयाँ विशेषता, मूल्य ८१ लाखबाट सुरु

Advertisement

काठमाडौं । प्रसिद्ध अटोमोवाइल ब्राण्ड टाटाले आफ्नो ‘टाटा सफारी’को नयाँ मोडल भित्राएको छ । एक महिनाअघि मात्रै नेपाली बजारमा आएको यो मोडल स्टाइलिस छ । नेपालमा सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटाका गाडिहरू बिक्री गर्दै आएको छ । 

टाटा सफारीको नयाँ मोडलमा नयाँ विशेषताहरू थपिएको छ । विगतमा तीन रंगमा उपलब्ध टाटा सफारी अब चार रंगमा उपलब्ध हुन थालेको छ । यसबाट ग्राहकले आफ्नो रुचीअनुसार रंग छनोट गर्ने थप सुविधा मिलेको छ । 

Advertisement

नयाँ मोडलको टाटा सफारीमा अत्याधुनिक ब्रेक सिस्टम रहेको छ । एबीएस (अटोमेटिक ब्रेकिङ सिस्टम), ईएसपी (एक्स्ट्रा सेन्सरी पर्सेप्सन) जस्ता सुविधाले यस गाडिमा ग्राहकको बढि ध्यान खिचेको कम्पनीको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा प्रयोगमा आएको नयाँ ब्रेक सिस्टम तथा सुरक्षा प्रणाली नयाँ मोडलको टाटा सफारीमा समावेश रहेको कम्पनीका सेल्स अफिसर निरज डाँगीले जानकारी दिए ।

उनले भने, ‘सात वटा सिट रहेको यस टाटा सफारीमा स–परिवार बसेर आरामदायी यात्रा गर्न मिल्ने भएकाले पनि यो निकै धेरैको रोजाईमा पर्ने देखिएको छ ।’ यसअघिका मोडलहरुमा भन्दा अहिलेको मोडल धेरै फरक रहेकाले धेरै ग्राहकको मन जित्न सक्ने उनको विश्वास छ । 

माइलेज
शहरी क्षेत्रमा नयाँ टाटा सफारीले १० देखि ११ किलोमिटरको माइलेज दिन्छ भने राजमार्ग वा अन्य खुल्ला स्थानमा १४ देखि १५ किलोमिटरसम्मको माइलेज दिन्छ । शहरी क्षेत्रमा भिडभाड बढी हुने भएकाले त्यसले माइलेज केही कम हुने हो । 

नविनता
टाटा सफारीको पछिल्लो मोडलमा पछाडिका सिट पनि अगाडिको जस्तै छन् । अर्थात पछाडिका सिट फन्ट फेसेज भएको छ । सात जना आरामसँग बस्न सक्छन् । पछाडि रहेका सिटबाट पनि एसी कन्ट्रोल गर्न मिल्छ । विगतका टाटा सफारीमा यी सुविधा थिएनन् ।

‘टाटा सफारी’ नै किन ? 
टाटा सफारीको ग्राउण्ड क्लियरेन्स निकै राम्रो छ । यसको ग्राउण्ड क्लियरेन्स दुई सय पाँच एमएमसम्म रहेको छ । नेपालमा यो गाडि लामो समयदेखि निकै लोकप्रिय रहँदै आएको छ । विशेषगरी लामो यात्रामा जाँदा तथा सार्वजनिक यातायातको रुपमा यात्रु बोक्न टाटा सफारी निकै प्रयोग हुँदै आएको छ । साथै यस गाडिको पावरसमेत राम्रो रहेको कम्पनीले जनाएको छ ।

टाटा सफारीको सिटमा बस्दा छुट्टै किसिमको आनन्द आउने डाँगी बताउँछन् । गाडिलाई अत्यावश्यक मानिने भिजिबिलिटि फ्याक्टरको आधारमा पनि यो गाडि राम्रो रहेको छ । पछाडिको सिटमा बसेका यात्रुले पनि बाहिर हेर्दा एंगल नमिलेको जस्तो महशुस गर्नुपर्दैन ।

अफरोडमा पनि टाटा सफारी 
ठूलो टायर र एलो ह्विल भएका कारण टाटा सफारी शहरी क्षेत्रको लागि मात्र नभई अफरोडका लागि समेत निकै उपुयुक्त मानिन्छ । टाटा सफारी आवश्यकताअनुसार वेट मोड, रक मोड र नर्मल मोडमा चलाउन सकिन्छ । अफ रोडमा जाँदा गाडि रक मोडमा चलाउन सकिन्छ । सानो गाडिमा बस्दा जिउ दुख्ने समस्या आउँछ । तर यो गाडिमा  त्यस्तो समस्या भोग्नु पर्दैन ।

टाटा सफारी एक पटक गाडि किनिसकेका (सेकेण्ड वायर) ग्राहकका लागि बढी उपयुक्त हुने डाँगी बताउँछन् । उनका अनुसार कतिपय गाडिहरू ग्राहकले सिक्नका लागि मात्रै किन्ने र एक दुई वर्षभित्रमा बेचिहाल्ने गर्छन् । तर टाटा सफारी लामो समयका लागि उपयोगी हुन्छ । 

टाटा सफारीको नयाँ मोडलको मूल्य ९० लाख रुपियाँदेखि ९६ लाख रूपियाँसम्म पर्छ । कम्पनीले नजिकिँदो चाडपर्वको अवसरमा टाटा सफारी किन्दा ग्राहकलाई दुई लाख रूपियाँसम्म छुटको अफर दिएको छ । 

नयाँ सफारीमा बाहिरी लुक्सदेखि भित्र बस्न आरामदायी सिटसम्म, एचआईडी हेडलाइट भएकाले रातमा भिजिबिलिटी राम्रो हुने कारण दुर्घटना हुन्छ । यसमा ट्याक्ससन कन्ट्रोलको विशेषता भएकाले गाडि बत्तिने सम्भावना निकै कम छ । गाडिको तौल कम हुने भएकाले अन्य गाडि जस्तो बत्तिने समस्या यसमा कम हुने गरेको हो । 

बिक्री पछिको सेवा 
नेपालका विभिन्न स्थानमा टाटाको डिलर र सर्भिस सेन्टरहरु रहेकाले बिक्रीपछिको सेवाका लागि टाटा सफारीका ग्राहकलाई कुनै समस्या नहुने कम्पनीले जनाएको छ । सहजरूपमा मर्मत केन्द्र भेटिने र सर्भिसिङलगायतका सेवाका लागि निकै सस्तो हुने भएकाले पनि टाटाका गाडिहरूमा राम्रो आकर्षण रहने गरेको छ ।

काठमाडौं उपत्यकाभित्र मोवाइल भ्यान राखेर टाटाले २४ घण्टे सेवा दिइरहेको छ । राजधानी बाहिर पनि विभिन्न टच प्वाइन्ट राखेर सेवा दिइरहेका कारण पनि ग्राहकलाई कुनै पनि अप्ठ्यारो पर्दा कम्पनीले साथ दिन्छ । 

Advertisement

Advertisement