वालेटको कारोबार सीमा बढ्यो, मोबाइल बैंकिङ भुक्तानी शुल्क १० देखि ३० रुपियाँसम्म

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैैंकले वालेटमार्फत हुने भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ जारी गरेर विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमा बढाएको हो । बैंक खाताबाट वालेटमा र वालेटबाट अन्य बैंक खातामा भुक्तानी गर्दा प्रति काराबोर ५० हजार, प्रतिदिन एक लाख र प्रति महिना १० लाख रुपियाँको नयाँ सीमा तोकेको छ ।

यस्तो सीमा यस अघि प्रतिकारोबार २५ हजार र प्रति महिना ५ लाख रुपियाँ सम्मको मात्रै थियो । प्रतिदिने हुने एक लाखको सीमा भने कुनै परिवर्तन भएको छैन् । एक वालेटबाट अर्कोमा गर्दा हुने भुक्तानी भने प्रतिकारोबार २५ हजार, प्रतिदिन एक लाख र प्रति महिना ५ लाखको सीमा पनि यथावत नै रहेको छ ।

Advertisement

वालेटको  राख्ने अधिकतम रकम पनि प्रति दिन ५० हजार रुपियाँसम्मको सीमा तोकेको छ । यस्तो सीमा यस ओभरनाइट ब्यालेन्सको रूपमा जम्मा २५ हजार रुपियाँ मात्रै राख्न पाइन्थ्यो । वालेटमा रहेको सीमाभन्दा बढीको यस्तो रकम अनिवार्य रूपमा सम्बन्धित ग्राहकको बैंक खातामा पठाउनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गर्दा सम्बन्धित वालेटलाई निर्देशन दिएको छ ।

मोबाइल बैंकिङको भुक्तानीमा १० देखि ३० रुपियाँसम्म शुल्क लाग्ने
बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङ मार्फत अन्तर बैंक विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकले १० देखि ३० रुपियाँसम्म लिन पाउने व्यवस्था गरेको छ । यस्तो रकम ५० हजारसम्मको कारोबारमा १० रुपियाँ, १ लाखसम्मको कारोबारमा २० रुपियाँ र एक लाख भन्दा माथि हुने मोबाइल बैंकिङमार्फतको भुक्तानीमा ३० रुपियाँ लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरिदिएको  छ । विद्युतीय कारोबारमा लिन पाइने यस्तो शुल्क सम्बन्धित संस्थाले वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि भएको छ ।

सरकारी राजस्व तिर्दा भने ३ हजारसम्ममा ५ रुपियाँ १० हजारसम्ममा १० रुपियाँ र सो भन्दा माथि २० रुपियाँ लिन पाउने व्यवस्था गरकेो छ । हाल वालेटमार्फत हुने राजस्व भुक्तानीमा तीन हजारमाथि १० रुपियाँ लिने व्यवस्था थियो । अब भने भुक्तानी रकम अनुसार फरक फरक शुल्कको व्यवस्था भएको छ ।
 

Advertisement

Advertisement