माओवादी भनेको विशाल र प्रभावशाली पार्टी हो, लाखौं कार्यकर्ता सडकमा उतार्नसक्छः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी विशाल र प्रभावशाली पार्टी भएको भन्दै आफूहरूले चाहेमा लाखौं कार्यकर्ता सडकमा उतार्नसक्ने जिकिर गरेका छन् । 

आफ्ना पार्टीका नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसमा बुधबार उनले आफूहरू सडकमा जानुपर्ने अवस्था आउनसक्ने संकेत गरेका हुन् । फेरि सडकमा जानुपर्ने हुनसक्ने भन्दै प्रचण्डले सडकमा जानुपरे आफ्नो दल र कार्यकर्ता सधै तयार हुने बताए । 

Advertisement

उनले भने, ‘माओवादीसँग त्यस्तो शक्ति छ कि आन्दोलन भनेपछि लाखौं कार्यकर्ता सडकमा उत्रिन तयार छन् ।’ संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउनसक्ने प्रचण्डको तर्क छ । उनले संविधानमा आफूहरुको फरकमत रहेको भन्दै संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउनसक्ने बताए । 

संविधान संशोधनका लागि आफूहरुको संघर्ष जारी रहेको प्रचण्डको भनाई छ । माओवादी देशको सबैभन्दा विशाल प्रभावशाली पार्टी भएको उनले दाबी गरे । देशलाई दुर्घटनाबाट जोगाउन आन्दोलनमा जाँदा माओवादीले सशक्त भूमिका देखाउनसक्ने भन्दै प्रचण्डले आफूहरूले देशलाई प्रतिगमन र प्रतिक्रान्तिबाट जोगाएको जिकिर गरे ।

Advertisement

Advertisement