सांग्रिला र सिडिएसबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता

Advertisement

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ लिमिटेड बिच निक्षेप सदस्यता सम्बन्धि सम्झौता सम्पन्न भएको छ । अब सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलार्ई सेवा सुविधा प्रदान गर्ने भएको हो । 

पुतलीसडक स्थित सिडिएसको कार्यालयमा प्रमुुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्र्र्र्य र बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठलेसम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो सँगै अब निकट भविष्यमै सांग्रिलाले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षेप सदस्यता सम्बन्धि कार्य सञ्चालनमा ल्याउनेछ । 

Advertisement

मुलुकभर ९६ शाखा कार्यालयहरु, ३१ एटिएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ । 

Advertisement

Advertisement