ग्लोबल आईएमई र बीओकेबीच मर्जरको कुरा हल्ला मात्रै हो, कुनै सत्यता छैन्ः चन्द्र ढकाल

Advertisement

काठमाडौं । ग्लोबल आईएमई बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालले आफ्नो बैंक र बैंक अफ काठमाडू (बीओके)बीच मर्जर हुन लागेको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् । 

कर्पोरेट नेपालसँग उनले भने, ‘बीओकेसँग मर्जरका लागि हाम्रो कुनै कुरा भएको छैन् । किन र केका लागि हल्ला चलेको हो ? बुझ्नै सकिएन् ।’ ढकालले ग्लोबल आईएमईले १८ वटा संस्थालाई मर्ज गरिसकेको र अब मर्जरमा जानुपर्ने खाँचो नरहेको बताउँदै यद्यपि कुनै संस्था गाभिन प्रस्ताव आए कुरा अगाडि बढाउन सकिने बताए । 

Advertisement

उनले, ‘बीओकेसँग ग्लोबल आईएमईको मर्जर बेकारको कुरा हो । कसैले यो बैंक ठूलो देखेर हल्ला चलाएको हुनसक्छ । राष्ट्र बैंकको मर्जरको नीतिलाई मान्छौं भनेको मतलब बीओकेसँग मर्जर हुन लागेको भन्ने कुरा त होइन् नि । सानो बैंकले ठूलो बैंकसँग मर्जर हुने इच्छा गरेको हुनसक्छ । इच्छा मात्रै गर्दैमा पनि हुँदैन् । ग्लोबल आईएमई पनि तयार हुनुपर्यो ।’

अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकका संस्थापकदेखि कर्मचारीसम्ममा सबै कुरा मिल्ने र दुवै पक्षको ‘विन–विन’ हुने गरी कसैले प्रस्ताव गर्यो र त्यो उपयुक्त लाग्यो भने मर्जरका लागि कुरा गर्न सकिन्छ भन्दै तर अहिले कुनै पनि बैंक वित्तीय संस्थासँग मर्जरको कुराकानी नभएको स्पष्ट पारे ।   

Advertisement

Advertisement