तरलता अभाव टार्न थप २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता अभाव टार्न बैंक तथा वित्तीय संस्थाका लागि २० अर्ब रुपियाँको रिपो जारी गरेको छ । राष्ट्र बैंकले बैंकहरूको लागि भोलि भदौ ३१ गतेबाट १४ दिनको लागि उक्त रिपो जारी गरेको हो । यस्तो रकम सबैं बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन पाउँछन् ।

बैंकहरूमा लगानीयोग्य रकम (तरलता) सहज नभएकोले यसको अभाव टार्न राष्ट्र बैंकले ५ प्रतिशतको ब्याजदरमा दुई साताका लागि यस्तो रिपो जारी गरेको हो । यस अघि राष्ट्र बैंकले सात दिन अगाडि २३ भदौमा ३० अर्ब रुपियाँ  रिपो जारी गरेर बैंकहरूलाई तरलता उपलब्ध गराएको थियो । अहिले बैंकहरूमा तरलता अभाव भएकोले जारी गरिएको रिपोभन्दा पनि बढीको आवेदन पर्ने गरेको छ

Advertisement

गत साता ३० अर्बको रिपो जारी भएकोमा बैंकहरूबाट करिब ७२ अर्बको आवेदन परेको राष्ट्र बैंकका एक अधिकारीले बताए । उनका अनुसारा गत साता जारी भएको रिपो एक सातामा फिर्ता आउँछ । अहिले फेरि बैंकहरूले रकम माग गरेकोले रिपो जारी गरिएको हो । यस्तो रिपोमा राष्ट्र बैंकले मागेको आवेदन अनुसार आवेदन दिने बैंकहरुरूको खातामा पैसा पठाउने र उक्त रकम १४ दिनपछि राष्ट्र बैंकमै फिर्ता आउँछ ।

यसका साथै बैंकहरूले तरलता अभाव कम गर्न ५ प्रतिशत ब्याजको ब्याजदरमै स्थायी तरलता सुविधा (एसएलएफ) दैनिक रूपमै प्रयोग गरिरहेका छन् । बैंकहरूले बुधबार मात्रै १३ अर्ब रुपियाँको एसएसएफ उठाएको राष्ट्र बैंकले जानकारी दिएको छ । बैंकहरूले चालू आव सुरु भएपछिको दुई महिनामा करिब साढे तीन खर्ब रुपियाँ एसएलएफ उठाएको पनि राष्ट्र बैंकले जानकारी दिएको छ । 
 

Advertisement

Advertisement