अर्थतन्त्र जोगाउने दायित्व राष्ट्र बैंकको काँधमा आयो

Advertisement

अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले दलहरुले समाधान खोजेर मुलुकलाई निकास दिनुपर्ने बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा उनले भने, ‘अहिलेको अवस्थाले हामी तदर्थवादमा चलिरहेको देखाउँछ । समयमै बजेट प्रस्तुत गर्ने, समयमै प्रि–बजेट गराउने कुरा संविधानमै व्यवस्था गरिएको छ, तर हामीकहाँ छलफल नै हुँदैन् । हाम्रो राजनीतिक नेतृत्व र सरकार गम्भीर रहेनछ भन्ने मनोविज्ञान देखिन्छ ।’ 

अहिलेको परिस्थितिको समाधान दलहरुबाट नै निकाल्नुपर्नेमा अधिकारीको भनाई छ । उनले भने, ‘यसको समाधान संसद्बाट हुने हो । चाँडोभन्दा चाँडो संसद् चल्ने व्यवस्था हुनुपर्छ । प्रतिपक्षले पनि सहयोग गर्नुपर्छ । अर्थतन्त्र बिग्रियो भने मुलुक पछि पर्छ, अहिले आर्थिक सूचकहरु ओरालो लागिसके । हामी शोधानन्तर बचतमा पनि नकारात्मक स्थितिमा पुगेका छौं ।’

Advertisement

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले अहिलेको अवस्थामा राष्ट्र बैंकले निर्णायक भूमिका खेल्नुपर्ने बताए । उनले आपतकालिन स्थितिको रुपमा केन्द्रीय बैंकले नेतृत्व लिनुपर्ने पनि बताए । 

उनले भने, ‘बजेट कार्यान्वयनमा नआउँदा असर परेको छ । नीति निर्माताहरुबाट बजेटको क्यालेण्डरसहित क्रान्तिकारी सुधार भएका थिए ।’ थापाले प्रतिस्थापन विद्येयक पारित नभएको अवस्थामा मुलुकको खर्च सञ्चालनमा नै समस्या भएको उल्लेख गर्दै अब नेपाल राष्ट्रले तत्काल प्याकेज ल्याउनुपर्ने बताए । 

उनले अमेरिकामा बाराक ओबामाको कार्यकालमा समस्या हुँदा त्यहाँको केन्द्रीय बैंकले अर्थतन्त्र जोगाएको स्मरण गराए । उनले राष्ट्र बैंकले सिडि रेसियो स्थगन गर्नुपर्ने र टर्म लोनको व्यवस्था गरेर जानुपर्ने उनको सुझाव छ । 

Advertisement

Advertisement