बीओकेका ग्राहकहरुलाई एसएलआर डाईग्नोष्टिकमा मा १०% छुट

Advertisement

काठमाडौँ । बैंक अफ काठमाण्डू(बीओके) र एसएलआर डाईग्नोष्टिक (नेपाल) प्रालिबीच ग्राहकहरुलाई सहुलियत दिने सम्झौता भएको छ । 

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो । 

Advertisement

यस सम्झौता पश्चात् ग्राहकहरुले एसएलआर डाईग्नोष्टिक (नेपाल) प्रालिले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% सम्म छुट पाउने छन् । 

एसएलआर डाईग्नोष्टिकले काण्ठमाडौं उपत्यकाको महाराजगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । 

बीओकेले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

Advertisement

Advertisement