‘डान्स च्याम्पियन’ कात्तिक ११ गतेदेखि प्रशारण हुँदै

Advertisement

कठमाडौँ । इन्टर्नेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रालिद्धारा कि एड्भर्टाइजिङ सर्भिस प्रालिका लागि कात्तिक ११ गते बिहिबारदेखि नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटि सो डान्स च्याम्पियन नियमित उत्पादन गरी प्रसारण गर्ने भएको छ । 

उक्त कार्यक्रमको मार्केटिङ कि एड्भर्टाइजिङले गर्ने भएको छ । द एभरेष्ट होटलमा भएको पत्रकार सम्मेलनमा कान्तिपुर टेलिभिजन र कि एड्भर्टाइजिङबीच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो । 

Advertisement

नेपाली नृत्य र कलाकारीतालाई अझै शिखरमा पुर्याउन डान्स च्याम्पियन मेगा–शो कान्तिपुर टेलिभिजनले नियमित प्रसारण गर्ने भएको छ । उक्त मेगा–शो प्रत्येक बिहिबार र शुक्रबार हप्ताको २ दिन बेलुकी ९ः०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने कार्यक्रम रहेको छ ।

डान्स च्याम्पियनका निर्णायकहरुमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहेका छन् । डान्स च्याम्पियन कार्यक्रमको प्रस्तोताको रुपमा उमेश राइ (फुलन्देकी आमा) रहेका छन् । कुल २५ लाख रुपैयाँ धनराशी पुरस्कार रहेको यस कार्यक्रम ३२ भागको हुनेछ । 


 

Advertisement

Advertisement