सुनको मूल्य २ दिनमै प्रतितोला २ हजार १ सय रुपियाँ घट्यो

काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपियाँ घटेको हो । 

हिजो बिहीबार पनि सुनको मूल्य प्रतितोला ७ सय घटेको छ भने चाँदीको मूल्य स्थिर थियो । यसरी हेर्दा २ दिनमा सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपियाँ घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६ सय ५० रुपियाँ  र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ७० रुपियाँ निर्धारण गरिएको छ । 

हिजो भने छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९० हजार रुपियाँ  र चाँदी प्रतितोला १ हजार २ सय रुपियाँमा किनबेच भएको थियो ।  

यसैगरी बुधबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९० हजार ७ सय रुपियाँ  र चाँदी प्रतितोला १ हजार २ सय रुपियाँमा किनबेच भएको थियो ।  

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेकाले त्यसैको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ ।