दुई कम्पनीको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक र सानिमा इक्वीटी फण्डको शेयर मूल्य समायोजन भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार एक्सेल बैंकले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद दिने भएपछि प्रतिशेयर मूल्य रु. ७६२.६८ कायम गरिएको छ । यसअघि प्रतिशेयर मूल्य रु. १०५३ थियो । 

Advertisement

यसैबीच सानिमा इक्वीटी फण्डले इकाईधनीहरुलाई ३३ प्रतिशत नगद लाभांश दिने भएपछि प्रतिइकाई मूल्य रु. १२.८५ कायम गरिएको छ । यसअघि रु. १६.१५ थियो ।

आइतबारबाट दुबै कम्पनीको समायोजन गरिएको मूल्यबाट कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।   
 

Advertisement

Advertisement