मेगा बैंकको मुद्दती तथा बचत खातामा यस्तो छ ब्याजदर, नयाँ बचत खाता योजना पनि सार्वजनिक

Advertisement

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । 

नेपालीहरुको महान चाड दशैं नजिकिँदै गरेको सन्दर्भमा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो । 

Advertisement

ग्राहकहरुले मेगा बैंकको मुद्दती खातामा बार्षिक ९ दशमलव ५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । यसैगरी, बचत खातामा ६ दशमलव ०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । 

यसैगरी बैंकले वार्षिक ब्याजदर ५ दशमलव ०५ प्रतिशतसम्म रहेको मासिक रुपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ । ‘मेगा महा बचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क गरिएको छ । 

दुई वर्षसम्म लकर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको यस खाता न्यूनतम १ हजार रुपैंयामा खोल्न सकिने बैंकले जनाएको छ । 

Advertisement

Advertisement