बीओकेको क्यूआर कोड सेवा ब्रिटिश कलेज काठमाडौंमा

Advertisement

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड(बीओके)द्वारा आफ्नो डिजिटल कारोबार क्यूआर कोड विस्तारित गर्नेक्रममा ब्रिटिश कलेज, काठमाण्डौंमा डिजिटल भुक्तानी क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावक महानुभावहरुले मोबाईल बैंकिङ्ग मार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्नसक्ने छन् ।

बीओकेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनीतिक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ । 

Advertisement

यसैक्रममा बैंकले पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दुरीको बसहरु, खाद्य स्टोर तथा पसलहरु, होटल तथा रेस्टुरेन्टहरु, हस्पिटलहरु तथा अन्य महत्वपूर्ण स्थानमा क्यूआर कोड सेवा संचालनमा ल्याइसकेकाले महानुभावहरुले उक्त स्थानहरुमा बैंकको क्यूआर कोड स्क्यान गरी कारोबार गर्न सक्ने छन् ।  

बीओकेले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ । 

Advertisement

Advertisement