नेपाल-यूएईबीच द्विपक्षीय व्यापार विस्तार हुन्छः राजदूत अल–न्वाबी

Advertisement

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट (यूएई) का राजदूत सईद हम्दन अल–न्वाबीले आज शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र युएयीबीच रहीआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ ।

सो अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनुका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताए । उनले अगामी नेभेम्बर १५–१८(२०२१) मा अबुधावीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन आग्रह गरे । सो अवसरमा राजदूत अल–न्वाबीले मन्त्री भुसालले युएयी सरकारको निमन्त्रणापत्र हस्तान्तरण गरे । 

Advertisement

जवाफमा मन्त्री भुसालले आबुधावीमा हुने सम्मेलनमा आफूलाई निमन्त्रणा गरेकोप्रति त्यहाँको सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सम्मेलनको सफलताको कामना गरिन् । उनले आफ्नो सहभागिताबारे परराष्ट्र मन्त्रालयमार्फत जानकारी पठाउने बताए । सो अवसरमा मन्त्री भुसालले रोजगारीका सिलसिलामा दुई लाखभन्दा बढी नेपालीले युएयीमा रहेको र उनीहरूले सम्मानजनक सुविधा पाउने विश्वास व्यक्त गरिन् । 

उनले कोभिड–१९ महामारी पनि त्यहाँ रहेका नेपालीलाई रेखदेख गरेको भन्दै मन्त्री भुसालले युएयी सरकारप्रति धन्यवाद व्यक्त गरिन् । उनले नेपालको ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको उल्लेख गर्दै त्यहाँका इच्छुक लगानीकर्तालाई नेपालमा लागि गर्न आग्रह गरिन् । सो अवसरमा ऊर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता थियो । 
 

Advertisement

Advertisement