काठमाडौँको भृकुटीमण्डपमा टिभिएस ग्राण्ड दशैं एक्सचेञ्ज मेला शुरु

Advertisement

काठमाडौं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आजबाट ‘टिभिएस ग्राण्ड दशैं एक्सचेञ्ज मेला’ को प्रारम्भ गरेको छ ।

भृकुटीमण्डपमा आयोजना हुने  उक्त मेला असोज ६ गतेसम्म ६ दिनका लागि आयोजना हुने छ । यो एउटा यस्तो एक्स्चेन्ज मेला हो, जहाँ उपहारको बर्षाको साथ् ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन् ।

Advertisement

एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप रु. १०, ००० सम्म मुल्याङ्कन पाउने छन् । त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाख सम्म र किनिसके पछि रु. १०,००,००० सम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । त्यसको लागि नयाँ सवारी किन्न इच्छुक ग्राहकले टिभिएसनेपालडटकम/दशैँ मा जानु पर्ने हुन्छ । 

यसैगरी ० प्रतिशत ब्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ । यस अफरमा प्रि–बुकिङ् गरे मात्र पनि ग्राहक हरुको लागि रु २,००० बराबरको आकर्षक उपहारको व्यवस्था गरिएको छ । 

यस योजनाको मुख्य आकर्षणको केन्द्र भनेको चाँही एक्सचेन्जमा ईएम्आइ अफर रहेको छ, जहाँ ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इएम्आइको सुरुवाती दर  रु. ५,९९९ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्ने छन् । यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर  लैजान ईएम्आइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको छ । त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरेमात्र पनि ग्राहकले पक्का–पक्की उपहार प्राप्त गर्ने छन् । 

यस दशैं ग्राण्ड एक्सचेन्ज मेलाको उद्घाटन शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले गरेका हुन् । उनले उद्घाटन गर्ने क्रममा भने, ‘टिभिएसले सधैं नेपाली अटोमोबाइल प्रेमीको चाहना मध्यनजर गर्दै बजारमा नयाँ र नविनतम प्रविधिका मोटरसाइकल तथा स्कुटर नेपालमा भित्र्याउने गरेको छ । नेपालीहरुको महान् चाड बडादशैँको मुखमा आउन आँटेको यस एक्सचेन्ज मेलाले ग्राहकलाई नयाँ सवारीका साथ् बडादशैंमा थप खुसियाली प्रदान गर्नेमा हामी विश्वस्त छौं ।’ 


 

Advertisement

Advertisement