हिमालयन रि–इन्स्योरेन्सको सीईओमा इण्डियाका चन्द्रसेकरन रामामुर्ती नियुक्त

Advertisement

काठमाडौं । निजी क्षेत्रको एक मात्रै पुनर्बीमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा इण्डियाका चन्द्रसेकरन रामामुर्ती नियुक्त भएका छन् । बीमा क्षेत्रमा चार दशक लामो अनुभव संगालेका उनलाई कम्पनीले नियुक्त गरेको हो ।

बीमा समितिबाट लाइसेन्स पाएपछि पनि कम्पनीले लामो समयसम्म सीईओ नियुक्त गर्न सकेको थिएन । हिमालयन रि–इन्स्योरेन्सले सकेसम्म नेपाली जनशक्तिलाई नै प्राथमिकतामा दिने बताउँदै आए पनि अन्तिममा इण्डियाबाट सीईओ ल्याउने निर्णय गरेको हो । 

Advertisement

सुरुवाती चरण भएकाले कम्पनी सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरको व्यक्ति आवश्यक भएको तर्क गर्दै कम्पनीले सधै विदेशी नै आवश्यक नपर्नसक्ने बताएको छ । बीमा समितिले पनि विदेशी सीईओ परीक्षण अवधिको लागि मात्रै राख्न सुझाव दिएको छ । 

Advertisement

Advertisement