ब्याजदर बढेपछि बैंकहरूको आशाः एक महिनामा तरलता सहज हुन्छ: बैंकर्स संघ

Advertisement

काठमाडौं । ब्याजदर बढेपछि बैंकहरूमा निक्षेप बढ्ने आशा बढेको छ । बैंकहरूले ब्याजदर बढाएका कारण निक्षेप बढ्ने र सरकारले पनि खर्च बढाउने अपेक्षा गरिएकोले एक महिनापछि तरलता सहज हुने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । उनले भने ‘सरकारी खर्च पनि बढ्ने भएकोले आगामी कात्तिकदेखि तरलता सहज हुने अनुमान गरिएको छ ।’

बैंकहरू सबैले निक्षेपको ब्याजदर बढाएका छन् । बैैंकहरूले शुक्रबारदेखि नै लागू हुने गरी निक्षेपको ब्याजदर बढाएका कारण बैैंकहरूमा रकम जम्मा हुने र सरकारी खर्च पनि बढ्ने हुँदा तरलता सहज हुने अनुमान बैंकहरूको छ ।

Advertisement

बैैंकहरूकमा भने हाल तरलता अभाव भएका कारण राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएसएफ) लिएका र अन्तर बैंक सापटीदरबाट बैंकहरूले गर्जो टारिरहेका छन् । तरलता अभाव भएकै कारण बैैंकहरूले लिने अन्तर बैंक सापटीदर भने अधिकत सीमा पाँच प्रतिशत नजिक पुगिसकेको छ । 
 

Advertisement

Advertisement