महेश बस्नेत भन्छन्– ओली नेतृत्वको सरकारले विकासको आँधी ल्याएपछि विरोधी अत्तालिए

Advertisement

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले राजनीति जोगाउने भए एमालेमा आउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । एमालेनिकट नेपाल निजामति कर्मचारीको कार्यक्रममा शनिबार उनले उक्त सुझाव दिएका हुन् । 

केपी ओली नेतृत्वको एमाले सरकारले माओवादी केन्द्रसँग एकता गर्दै विकासको आँधी बेहरी ल्याएपछि विरोधीहरु अत्तालिएको टिप्पणी गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्न देशी विदेशी शक्तिमात्रै नभएर आफ्नै पार्टीका नेताहरु पनि लागेको आरोप लगाए । 

Advertisement

बस्नेतले आफूहरुले नयाँ ढंगले कम्युनिष्ट आन्दोलनलाई उठाउन थालेपछि एमालेप्रति आकर्षण बढेको पनि बताए । उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई हामी बलियो बनाउँछौं । म कमरेड प्रचण्डलाई पनि अनुरोध गर्दछु, नेपालको कम्युनिष्ट आन्दोलनलाई शेरबहादुरको हातमा सत्ताको साँचो सुम्पिएर, शेरबहादुर देउवाको पुच्छर बनेर माधव नेपाललाई समेत विखण्डनको एउटा घिनलाग्दो अवस्थामा पुर्याईदिएर तपाईंहरु क्रान्ति र समाजवादको कुरा गर्ने, यो कुरा आज लोकले पत्याईरहेको छैन् । तपाईंले आफ्नो राजनीतिक भविष्य उज्जवल बनाउन चाहानुहुन्छ भने आफ्ना गल्ती स्वीकार गरेर एमालेमा आवद्ध हुनुहोस, समय आउँछ पर्खिदैन्, बगेको खोला फर्किँदैन् ।’

आजको दिनमा प्रचण्ड र माधव नेपालको मूल्य १० प्रतिशत मात्रै घटेको तर्क गर्दै बस्नेतले माओवादी केन्द्र विघटित हुँदैछ भनेर भन्ने र सेनाविहीन सेनापतिको उपमा पाएर दुःखद् परिस्थिति हुनुभन्दा पहिले आफ्नो गल्ती सच्याए एमालेमा फर्किन सुझाव दिए । 

Advertisement

Advertisement