आज (असोज ३)को राशिफलः कस्तो रहला तपाईंको व्यापार, व्यवसाय, आर्थिक कारोबार ?

Advertisement

आज २०७८ साल आश्विन महिनाको ३ गते आइतबार, भाद्र शुक्लपक्षको चतुर्दशी तिथि । आज अनन्त चतुर्दशी रहेको छ । त्यसैगरी आज संविधान दिवस तथा कुमारी इन्द्रयात्रा रहेको छ । 

मेष 
बोलीमा कडापन आउँदा पारीवारिक जीवनमा द्वन्द देखा पर्ने छ । मनमा भारी निराशाले सताउने छ । प्राप्त उपलब्धिहरुमा पनि खुशी हुन सकिने छैन् । सामान ढुवानी गर्ने सवारीसाधन, भाडाका सावारीसाधन, निर्माण सामग्री, विकास निर्माणका कामहरु, ठेक्कापट्टा, श्रमिक क्षेत्र, स्वास्थ्य सामानका आपूर्ति जस्ता क्षेत्रमा आवद्धहरुलाई समय फाइदा हुने खालको छ । 

Advertisement

वृष
व्यवस्थापकीय कलामा बढोत्तरी हुने छ । दृढ खालको व्यक्तित्व हुने छ । प्रेम रोमान्समा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा जीवनसाथिको प्यार र प्रेम पाइने छ । रिस भने अलि धेरै उठ्ने भएकाले यस बारेमा विचार पुर्याउनु होला । व्यापार, विजनेश, वाणिज्य, कारोवार, एजेन्टिङ्ग जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा हुने छ । 

मिथुन 
पारीवारिक जीवनमा द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । पेशागत जीवन भने शुभ रहने छ । दृढ व्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् । मनमा दुविधाले सताउने छ । धन सम्पत्तिको विषयमा मुद्धा मामिला तथा अड्डा अदालत धाउनु पर्ने समय सक्रिय रहेको छ । 

कर्कट
शारीरिक थकान र कमजोरी पनि उत्तिकै देखा पर्ने भएकाले यसबारेमा विशेष ध्यान दिनु होला । कमजोर मनोबल हुने छ ।साझेदारीमा गरिएका काममा द्वन्द बढ्ने छ । सम्पत्ति तथा सञ्चित रहेको धन सम्पत्तिामा नोक्सानी हुने समय सक्रिय देखिएकाले यस विषयमा ध्यान दिनु होला ।

सिंह
पेशाप्रति प्रतिबद्ध हुने व्यक्तित्व हुने भएकाले पेशागत स्थिरता कायम हुने छ । पेशागत जीवनमा कदर र उन्नति हुने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने जाने छ । शारीरिक सुखको अभाव हुने छ । प्राप्त भइरहेको सुखका संयन्त्रहरु गुम्ने चुनौति देखिन्छ । 

कन्या
मेहनत र पराक्रमी हुन मन लाग्ने छ । भाग्यको साथ रहेकाले आँटेका कामहरु पुरा हुने छन् । आम्दानीका लागि छोटो–छोटो यात्रा गर्नुपर्ने छ । तर आम्दानी सोच जस्तो नहुँदा मनोबलको कमि हुन जाने छ वा कमजोर मनोबलका कारण आम्दानीमा हुनु पर्ने जति प्रगति हुने छैन् । साझेदारीमा गरिएका काममा भने समस्या देखा पर्ने छ । 

तुला
आफ्नो कर्म र पेशा व्यवसायका प्रतिफलहरु परिवारप्रति समर्पित गर्ने स्वाभावमा भारी बृद्धि हुने छ । यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । बोलीमा नरमपना देखा पर्ने छ । तर पेशागत जीवनमा भने केही अस्थिरताको सामना गर्नु पर्ने हुन्छ । व्यवस्थापकीय क्षमतामा कमि आउँदा देखिएका जटिलता समाधान गर्न उपयुक्त जुत्तिको अभाव हुने छ ।

वृश्चिक
अन्यौलताले सताउने छ । चाहिने ठाउँमा आवश्यक बुद्धि आउने छैन् । मनमा सकारात्मक भन्दा नकारात्मक विचारले घेर्ने भएकाले जीवन र जगतलाई सकारात्मक नजरबाट पनि हेर्ने प्रयास गर्नु होला । भाग्यहिनताको अभाष भइ रहने छ । समय धैर्य हुनु पर्ने खालको छ । 

धनु 
मनमा दुविधा नै दुविधाले डेरा जमाउने हुँदा निराशा बढ्न जाने छ । परीवारिक जीवन शुभ रहने भएता पनि बोलीमा देखिने कडापनका कारण प्रिय भने बन्न जाने छैन् । साझेदारमिा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । शरीर अत्यन्त कमजोर हुने र थाई धेरै लाग्ने छ । समय धैर्य भएर अघि बढ्नु पर्ने खालको छ । 

मकर 
दृढ खालको व्यक्तित्व हुँदा हुँदै परि रिस भने असाध्यै बढि हुन पुग्ने छ । मन दृढ हुन जाने भएकाले कसैले पनि पेल्न सक्ने छैनन् । साझेदारीमा गरिएका कामहरुमा कठिनाई देखा पर्ने छ । आम्दानी प्रति प्रतिबद्ध हुन मन लाग्ने छ । जीवनसाथिको सल्लाहमा गरिने कामले लाभ दिने छ । तर दाम्पत्य जीवनमा यसबाहेकका अन्य विषयमा भने द्वन्द देखा पर्ने छ ।

कुम्भ 
बौद्धिक क्षमतामा बृद्धि हुने छ । तर सो अनुसारको पेशागत जीवन मजबुद नहुँदा मनमा निराशाका क्रम देखिने छ । पेशागत जीवनमा प्रतिष्पर्धीहरु वा विरोधीहरुले पेल्ने प्रयास गर्ने भएकाले संयमित रहनु होला । प्रतिष्पर्धात्मक क्षमताको कमि हुने छ । बोलीको प्रभाव पनि कमि आउने छ ।

मीन
पेशागत जीवनमा सन्तुलित भएर पाइला चाल्नु पर्ने देखिन्छ । भाग्यको साथ रहेकाले आँटेका कामहरु अघि बढ्ने छन् । तर पेशागत जीवनमा भने अबरोधहरु देखिन जाने छ । अध्ययन अध्यापनमा त्यति मन लाग्ने छैन् । आम्दानीमा केही बृद्धि हुने छ । धेरै जोखिमका काम अघि बढाउने बारेमा धेरै सोच विचार गर्नु होला । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement