मानपदवीमा पार्टीगत भागबण्डा, सुचीमा कृष्णप्रसाद भट्टराई, झलनाथ खनाल, पोष्टबहादुर

Advertisement

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा नौ सयभन्दा बढीलाई मानपदवी, अलंकार र विभूषण पाउनेहरूको नाम सार्वजनिक गरेको छ । सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई दिने निर्णय गरिएको छ । भट्टराई जिवित हुँदा उनले हालका प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्दै आएका थिए । 

दोस्रो ठूलो राष्ट्र गौरव विभूषण मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्णशमसेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय गरिएको छ । खनाल हालै मात्रै राज्यकोषबाट ८१ लाख भन्दा बढि सुविधा लिएर भारतमा गई उपचार गरेको भन्दै आलोचनामा परेका थिए । 

Advertisement

तेस्रो ठूलो महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण भने प्रधानन्याधीश चोलेन्द्र शमसेर राणा, मोहनचन्द्र अधिकारी, तुलसीलाल अमात्य, मंगलादेवी सिंह, दुर्गानन्द झा र नारायण गोपाललाई दिने निर्णय गरिएको छ । आफू नेतृत्वको नेतृत्वको संवैधानिक इजलाशले केपी ओली नेतृत्वको सरकारलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि राणा विवादमा पर्दै आएका छन् । 

त्यस्तै, सुप्रसिद्ध प्रबल जनसेवा श्री विभूषण प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंहलाई तथा उज्जवल कीर्तिमय राष्ट्रद्वीप न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई दिने निर्णय गरिएको छ । मानपदवी पाउने अधिकांश सत्तारुढ गठवन्धन दलसँग निकट छन् । 

करोडौं रुपियाँ खर्चिएर नौ सयभन्दा धेरैलाई प्रदान गर्न लागिएको मानपदवी यस बर्ष पनि विवादमुक्त रहन सकेन् । यद्यपि यस्तो मान पदवी पाउनेमा लोकप्रिय लोक गायिका बिष्णु माझीलगायतका केही अनुहार पनि छन् ।

राजनीतिक आस्थाका आधारमा मानपदवी (विभूषण) सिफारिस गर्ने विकृति विगतदेखि नै मौलाउँदै आएकोमा यस बर्ष पनि कायम रह्यो । पत्रकारहरूका नाममा वितरण गरिएको मानपदवी हेर्दा पनि त्यसको झलक मिल्छ । पत्रकारहरूमा पदक पाउनेमा कुनै पनि स्वतन्त्र देखिन्न । 

राजनीतिक दलमा पनि भागबण्डाकै आधारमा मानपदवी वितरण गरेको देखिन्छ । नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको कार्यशैलीको आलोचना गरेवापत पीडित बनाइएका पीएल सिंहलाई पनि यस पटक पदक पाउनेको सुचीमा राखिएको थियो । तर उनले तत्कालै उक्त पदक अस्वीकार गरेर आफ्नो आत्मसम्मान प्रस्तुत गरेका छन् । स्वर्गीय नेता गणेशमान सिंहक धर्मपुत्र रहेका पीएल सिंहलाई प्रकाशमान सिंहले पनि राजनीतिकरुपमा उठ्न नदिने आफू अघि बढ्ने काम गर्दै आएका छन् । 

पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले अघि बढाएको विभूषण सिफारिस उल्ट्याएर शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि दलीय भागबन्डाका आधारमा वितरणको सिफारिस गरेको हो । हरेक वर्ष हुने विभूषण सिफारिस निष्पक्ष र विवादरहित बनाउनुपर्ने माग जनस्तरबाट उठ्ने गरे पनि सरकारले त्यसलाई बेवास्ता गर्दै अधिकांश दलनिकट कार्यकर्तालाई वितरण गर्ने गरिएको छ । समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान दिएका व्यक्तिलाई दिइनुपर्ने यस्ता मानपदवी अधिकांश विवादित व्यक्ति र दलका नेता कार्यकर्ताको पोल्टामा जाने गरेको छ । निजामती कर्मचारी र सुरक्षा निकायका पनि दलसँग निकट मानिएका र हाकिमलाई खुशी पार्नेहरूले हात पार्ने प्रवृत्ति रहँदा इमान्दार व्यक्तिहरू यसबाट बन्चित हुने अवस्था रहने गरेको छ । 

संविधान दिवसका अवसर पारेर असोज ३ मा राष्ट्र्रपतिले विभूषण पाउनेको नाम सार्वजनिक गर्ने र वैशाख १ गते विभूषण प्रदान गर्ने चलन बसालिएको छ । मानपदवी पाउने सुचीमा पञ्चायतकालमा राजा महेन्द्रलाई बम हान्ने दुर्गानन्द झा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता पनि छन् ।  

मानपदवीबाट विभुषित हुनेमा कांग्रेसका नेता सुवर्णशमशेर राणा (मरणोपरान्त) वामपन्थी नेता मोहनचन्द्र अधिकारी, मरणोपरान्ततर्फ वामपन्थी नेता तुल्सीलाल अमात्य, काँग्रेसका संस्थापक नेता गणेशमान सिंहकी पत्नी स्वर्गीय मंगलादेवी सिंह, एमालेको राजनीतिबाट निष्क्रिय नेता प्रदीप नेपाल, माओवादी केन्द्रका नेता तिलक परियार, कांग्रेसका तत्कालीन नेताहरू मार्सल जुलुम शाक्य, चक्रप्रसाद बाँस्तोला, पार्टी राजनीति गर्दागर्दै सर्वोच्चको न्यायाधीश भएकी सपना प्रधान मल्ल, प्रतिनिधिसभा विघटनविरुद्ध बहस गरेका पूराना कानुन व्यवसायी कृष्णप्रसाद भण्डारी, दलनिकट कानुन व्यवसायीहरू बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्तिनारायण प्रधान, मिथिलेशकुमार सिंह, रमनकुमार श्रेष्ठलगायत छन् । 

मानपदवी पाउनेहरूको सुचीः 

Advertisement

Advertisement