मानपदवी पाउने व्यवसायी र बैंकरमा को को परे ?

Advertisement

काठमाडौं । यस बर्ष संविधान दिवसमा थुप्रै व्यवसायी मानपदवी, अलंकार र विभूषणबाट विभुषित हुने भएका छन् । आइतबार सार्वजनिक यस्ता पदकबाट विभुषित हुने व्यवसायीमा ३० जना भन्दा बढि छन् । 

सुप्रवल जनसेवाश्रीबाट विभुषित हुनेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल छन् । पदकद्धारा विभुषित हुनेमा उद्योगी राजेन्द्र खेतान, शिवरत्न सारडा, मोतिलाल दुगड, साहिल अग्रवाल, ध्रुवकुमार श्रेष्ठ छन् ।

Advertisement

त्यस्तै, उपेन्द्र महतो, देविप्रकाश भट्टचन, सुरेन्द्रवीर मालाकार, राजु ढकाल, गोकुल भण्डारी, अर्जुनमान सैंजु, गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल, अम्बिका पौडेल, निर्माण व्यवसायी रमेश शर्मा, सञ्जय खेतान, सौरभ दुगड, देवकृष्ण मुण्दडा र कमलकिशोर मालपानी विभुषित हुने भएका छन् । 

त्यस्तै, बैंकरहरुमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, मेगा बैंककी डेपुटी सीईओ रविनादेशराज श्रेष्ठ, एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  सुनिलबल्लभ पन्त र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डे छन । 

संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा राष्ट्रपति भण्डारीले ९०३ जनालाई मानपदवीबाट विभुषित गर्ने कार्यक्रम छ । 

Advertisement

Advertisement