बिजुलीको आयात भन्दा निर्यात बढी

Advertisement

काठमाडौं । वर्षातको मौसम भएको र माथिल्लो तामाकोशीको बिजुली उत्पादनसमेत पूर्ण क्षमता सुरू भएपछि हाल नेपालमा बिजुली आयातभन्दा निर्यात धेरै हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल नेपालमा ६६ मेगावाट बिजुली प्रतिघण्टा आयात भइरहेको छ भने ६९३ मेगावाट प्रतिघण्टा बिजुली निर्यात भइरहेको छ ।

प्राधिकरणका अनुसार हाल आयातको तुलनामा निर्यात बढेको छ । बर्षातकोमा मौममा नदी प्रवाही आयोजना पूर्ण क्षमतामा सञ्चानमा भएको र पछिल्लो समय उत्पादन पनि बढेकोले आयात भन्दा निर्यात बढेको हो । प्राधिकरणका अनुसार बिजुली उत्पादनको क्षमतमा नै बढेकोले अब हिउँदमा पनि विगतको जस्तो ठूलो परिणामा बिजुली आयात गर्नु पर्दैन् । हाल नेपाल विद्युत् प्राधिकरणका आयोजना भन्दा निजीबाट बढी बिजुलीको  उत्पादन पनि बढेको छ ।

Advertisement

उत्पादित बिजुली दिउँसोको समयमा नेपालमै खपत हुने गरेको भएपनि रातको समयको बिजुली भने अझै उपयोग हुने सकेको छैन भने बिजुलीको निर्यात औपचारिक रूपमा नहुँदै सीमा क्षेत्रबाट हुने एक्सचेन्जबाट मात्रै उक्त निर्यात भएको देखिएको प्राधिकरणको भनाइ छ । हाल  बिजुलीको पीक आवरको माग नै १४३४ मेगावाट रहेको छ । 
 

Advertisement

Advertisement