घरजग्गा कारोबार गर्दा कुन बैंकले कति लिन्छन् ऋणको ब्याज ? सूचीसहित

Advertisement

काठमाडौं । कोरोना महामारी बढेसंगै घरजग्गाको कारोबार पनि तीब्र रूपमा बढी रहेको छ । घरजग्गा कारोबार गर्दा बैंक अनुसार फरक–फरक ब्याजदरमा ऋण दिने गर्छन् । राष्ट्र बैंकको साउन महिनासम्मको तथ्यांक अनुसार घरजग्गा कारोबारको लागि व्यक्तिगत तथा संस्थागत तर्फबाट उल्लेख्यमात्रामा कर्जा लगानी भएको देखिन्छ ।

साउन महिनासम्म २७ वाणिज्य आवासीय घरकर्जाको लागि दुई खर्ब ४७ अर्ब ८३ करोड ४० लाख रुपियाँ ऋण दिएको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । बैंकहरूले गत वर्षको साउन महिनादेखि हालसम्म एक वर्षको अवधिमा चार अर्ब पाँच करोड ५० लाख रुपियाँ डेढ करोड माथिका आवासीय कर्जा वितरण गरेका छन् ।

Advertisement

घरजग्गा कारोबार (रियल इस्टेट लोन) को लागि २७ वाणिज्य बैंकले हालसम्म एक खर्ब ६५ अर्ब २२ करोड ५० लाख रुपियाँ कर्जा लगानी गरेका छन् । बैंकहरूले यस्तो कर्जा लगानी अघिल्लो वर्ष साउनको तुलनामा यस वर्षको साउन महिनासम्म दुई अर्ब ३१ करोड ३० लाख रुपियाँ कर्जा लगानी गरेका हुन । अघिल्लो वर्षको साउनसम्म बैंकहरूले यस्तो कर्जा लगानी एक खर्ब ४२ अर्ब आठ करोड २० लाख रुपियाँ गरेका थिए ।

कति प्रतिशतमा पाइन्छ ऋण ?
घर जग्गा कर्जाको लागि बैंक पिच्छे फरक फरक ऋणको ब्याज निर्धारण गरिएको हुन्छ । घरकर्जाको विभिन्न वर्ग छुट्याएर घर कर्जा वितरण गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आवासीय घर निर्माणको लागि एक करोड ५० लाख रुपियाँसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । केन्द्रीय बैंकले तोकेको सीमाभित्र रहेर बैंकहरू घर निर्माणको लागि नक्सा पास गरी लागत अनुमानको ८० प्रतिशतसम्म कर्जा दिने व्यवस्था रहेको राष्ट्र बैंकले जाननारी दिएको छ ।

बनिसकेको घर खरिद गर्नको लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन चाहनेले भने बैंकले घर जग्गा दुबैको मूल्यांकन गरेर सोको ७५ प्रतिशत कर्जा दिने गरेका छन् । साथै, घर निर्माणको लागि जग्गा खरिदमा गर्न जग्गा मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा बैंक तथा वित्तीय संस्थाले दिने गरेका छन् । यस्तो सीमामा आधारित रहेर नविल बैंकले आफ्ना ग्राहकलाई हाउजिङ निर्माण गर्न १२.८६ प्रतिशत ब्याजमा कर्जा दिने गरेको छ । यो बैंकले ०.७५ प्रतिशत प्रोसेशिङ फि लिने उल्लेख गरेको छ ।

सानिमा बैंकले घर जग्गा कारोबारको लागि आफ्ना ग्राहकलाई १३.३४ प्रतिशत कर्जाको ब्याजदर लिने गरेको जानकारी दिएको छ । बैंकले होम इक्वीटी लोनको लागि पनि १४.३४ प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको बैंकले जानकारी दिएको छ । सनराइज बैंकले घर कर्जाको लागि १२.७० प्रतिशतमा कर्जा दिन्छ । नेपाल इन्भेष्टमेन्ट बैंकले हाउजिङ कर्जाको लागि १०.७४ प्रतिशतमामै कर्जा वितरण गर्ने गरेको छ । यसमा बैंकले ०.७५ प्रतिशत प्रोसेसिङ शुल्क पनि जोड्ने गरेको जानकारी दिएको छ । 

हिमालय बैंकले घर कर्जा १० वर्ष अवधिको लागि ११.७५ प्रतिशत ब्याजदरमा ०.७५ प्रतिशत प्रोसेसिङ शुल्क जोडेर कर्जा वितरण गर्ने जानकारी दिएको छ । एनआईसी एशिया बैंकले घरकर्जाको लागि चार प्रकारकाबाट ऋण दिन्छ । यसले होम लोन ११.७५ प्रतिशत ब्याजदरमा दिन्छ । प्रभु बैंकले प्रभु होम लोन र लो कस्ट हाउजिङको लागि ११.८८ प्रतिशत ब्याजदरमा कर्जा दिने जानकारी दिएको छ । यस बैंकले प्रभु होम लोन १५ वर्षसम्मको लागि र लो कस्ट हाउजिङ २५ वर्षसम्मको लागि उत्त ब्याजदरमा ऋण दिन्छ ।

राष्ट्रिय वाणिज्य बैंकले महालक्ष्मी घर कर्जाको लागि २० वर्ष अवधिको कर्जा ७.१६  प्रतिशत ऋणमा कर्जा दिन्छ । यही बैंकले तपाईको व्यक्तिगत घरकर्जाको लागि पनि ७.१६ प्रतिशतमा कर्जा दिने गरेको छ । बैंकको यो प्रवृतिको कर्जाको अवधि २० वर्ष रहेको छ । बैंकले उक्त दुबै प्रवृतिको कर्जाको ब्याजदरमा ०.७५ प्रतिशत प्रोसेसिङ शुल्क जोडेर लिन्छ ।

कृषि विकास बैंकले आफ्ना ग्राहकलाई घरजग्गा किन्नको लागि चार प्रकारमा कर्जा दिन्छ । यस बैंकले घर कर्जा, घर खरिद कर्जा, जग्गा खरिद कर्जा र कम्पेक्स खरिद कर्जा गरि चार प्रकारको कर्जा प्रवाह गर्ने गरेको छ । बैंकले यी चारै प्रकारको कर्जामा १२.१३ प्रतिशत ब्याजदरमा ऋण दिने बताएको छ । 

बैंकहरूले घरजग्गा कर्जामा लिने ब्याजदरको सूची (तथ्यांक स्रोत श्रोतः बैंकब्याज डटकम)

Advertisement

Advertisement