दुई वटा मोटरसाईकल चोरी गर्ने १ जना पक्राउ

Advertisement

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल र स्कुटर सहित १ जनालाई गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोकर्णेश्विर नगरपालिका वडा नं ६ नयाँबस्तीबाट दोलखा कालिञ्चोक घर भई हाल बौद्ध बस्ने वर्ष २४ को तेजबहादुर खड्कालाई मोटरसाईकल चोरीको अभियोगमा पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

Advertisement

बिशेष सुराकीको आधारमा निजलाई पक्राउ गरी निजले लुकाई पार्किङ गरी राखेएको बा५६प ४५४४ नम्बरको पहेलो रङको डिओ स्कुटर फेला परेको हो । उक्त स्कुटर यहि असोज १ गते मकवानपुर मनहरीका किरण वाईबाले ललितपुरको खुमलटारमा पार्किङ गरको अबस्थामा हराएको भनी महाशाखामा जानकारी दिएका थिए ।

थप अनुसन्धान गर्दै खड्काले चोरी गरी बास्तबिक नम्बर परिवर्तन गरि प्रदेश३–०२–०१०प ७४४ नम्वर प्लेट भएको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाईकल समेत फेला पारेको हो । वास्तविक नं बागमती प्रदेश०२–०१७प ७८०३ भएको उक्त मोटरसाईकल भदौ ३० गते काठमाडौँको काँडाघारी स्थित पार्किङबाट हराएको प्रहरीले जनाएको छ । 

उक्त मोटरसाईकल भोजपुर वडा नं ५ बोखिम घर भई काँडाघारी बस्ने बिशाल तामाङ्क रहेको पत्ता लागेको छ । पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी बृत्त सातदोबाटोमा बुझाएको महाशाखाले जनाएको छ ।

Advertisement

Advertisement