नेपाल इन्स्योरेन्सको ‘साइबर रिक्स प्रोटेक्टर' बीमा योजना, बैंक नै लुटे पनि बीमाले पैसा दिने

Advertisement

काठमाडौं । मुलुककै जेठो नेपाल इन्स्योरेन्स कम्पनीले ‘साइबर रिक्स प्रोटेक्टर’ बीमा योजना सञ्चालन गरिरहेको छ । यस किसिमको नौलो बीमा योजना हालसम्म अन्य कुनै पनि कम्पनीले सञ्चालन गरेका छैनन् ।

विगत केही वर्षदेखि ‘साइबर रिक्स’मा आधारित योजना ल्याए पनि त्यसमा अपेक्षा गरे अनुसारको आकर्षण नआएको बेला नेपाल इन्स्योरेन्सले ‘साइबर रिक्स प्रोटेक्टर’ ल्याएको हो । 

Advertisement

कम्पनीको यस योजनाअन्तर्गत बीमितलाई एउटा लायविलिटीको र अर्को साइबर क्राइमको गरी दुई किसिमले रक्षावरण हुनेगर्छ । यो बीमा अन्य बीमा योजना जस्तो व्यक्तिगत रूपमा गर्न मिल्दैन । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाले मात्र गर्न मिल्छ । 

लायविलिटी बीमा 
लायवलिटी बीमा अन्तर्राष्ट्रिय बजारमा प्रचलित बीमा योजना हो । यस योजनाअनुसार ग्राहकले बैकमा राखेको सूचना लिक हुँदा ग्राहकलाई दण्डवापत तिर्नुपर्ने आर्थिक क्षतिको बीमा हुन्छ । यसको मतलब कुनै बैंकले लायविलिटी बीमा गरेको छ भने सो बैकमा आवद्ध ग्राहकको सूचना ह्याक भएर बैंकलाई लाग्ने जरिवानाको पनि बीमा गर्न मिल्छ ।

कर्पोट (संस्थागत) सूचनाहरू लिक भएमा सोही अवस्थामा त्यसले पुर्याउने क्षतिको बीमा हुने कम्पनीले जनाएको छ । कम्पनीले आफूहरूलाई साइबर लायबिलिटी बीमामा पनि बिमांक बुझाउन खासै समस्या नरहेको तर सूचना भने प्रमाण रहने गरी डिजिटल्ली नै लिक हुनुपर्ने कम्पनीको सम्झौता पत्रमा उल्लेख छ । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईश्वर पोखरेलले लायविलिटी बीमालाई बैंकमा हुने लुटपाटसँग सम्वन्धित रहेको बताउँदै कुनै संस्थामा लुटपाट भएर सर्वसाधारणले जम्मा गरेको सम्पत्ति नष्ट हुँदा सम्वन्धित संस्थाले तिर्ने जरिवाना भएकाले यसको मोडल थर्ड पार्टी बीमासँग मिल्ने बताए । 

लायविलिटी बीमाले बैंकको तथ्यांक लिक हुँदा पर्ने प्रभाव लगायतका जोखिमको समेत बीमा गर्छ । उक्त बीमा पोलिसिको बीमाशुल्क भने बीमितले नै आफ्नो बीमाको आयतको आधारमा गर्न मिल्ने सुविधा छ । 

क्राइम इन्स्योरेन्स
क्राइम इन्स्योरेन्समा एउटा बैंकबाट अर्को बैंकमा पठाएको पैसा ह्याक भएमा त्यस्तो अवस्थामा बीमितलाई लुटिएको रकम नै दिने बीमा योजना हो । यस योजनामा बैंकमा रहेको रकम कुनै पनि विद्युतीय माध्यम अपनाएर बीमाले जोखिम कभर गर्छ । 

तर भौतिक रूपमा बैंकको पैसा कसैले चोरेमा त्यस्तो अवस्थामा भने यो बीमालेखले जोखिमको रक्षावरण गर्दैन । अहिले साइबर क्राइम बीमा गर्दा लायबिलिटी र क्राइम दुवै जोखिमको बीमा गर्नुपर्छ । लायबिलिटी बीमा गर्दा ग्राहकले वित्तीय संस्थामा राखेको सूचना लिक भएको अवस्थामा सम्बन्धित वित्तीय संस्थालाई तिराउनले पेनाल्टीको बीमा हुने हो । त्यस्तै, साइबर क्राइम बीमा गर्दा बीमितले आफ्नो पैसा नै बैकबाट गायव भएको अवस्थामा बीमाको सहायताले रकम फिर्ता पाउने बीमा योजना हो ।

अन्तर्राष्ट्रिय बीमा बजारमा यी बीमा योजनाहरू चले पनि नेपाली बीमा बजारमा भने त्यति धेरै सान्दर्भिक छैन् । तर जोखिममा परिसकेका बैंकहरूले यस्ता बीमा योजनाको आवश्यकता महशुस गरेको पोखरेल बताउँछन् । अहिले साइबर क्राइम बीमा गर्दा क्राइमको लागि ७० प्रतिशत बीमाशुल्क बुझाउनुपर्छ भने लायविलिटीको लागि ३० प्रतिशत मात्रै बीमाशुल्क बुझाउन मिल्ने व्यवस्था छ ।

तर साइबर क्राइम बीमा अन्य बीमाको तुलनामा केही महङ्गो हुने भएकाले यसको बीमातर्फ वित्तीयको ध्यान नखिचिएको हुनसक्ने नेपाल इन्स्योरेन्स कम्पनीको बुझाई छ । साइबर क्राइम बीमा गर्दा बैंक वित्तीय संस्था कति सुरक्षित छ ? भन्ने आधारमा पनि यसको बीमाशुल्कमा फरक पर्ने कम्पनीले जनाएको छ । 

यदि बैंक वित्तीय संस्था सुरक्षित छन् भने त्यस्ता संस्थाले कम बीमाशुल्क बुझाउनुपर्छ भने उच्च जोखिममा रहेका वित्तीय संस्थाले धेरै बीमाशुल्क बुझाउनुपर्ने अवस्था छ । अहिले साइबर बीमामा ५० करोड रूपियाँ बराबरको बीमा गर्दा ५० लाख रूपियाँ बीमाशुल्क बुझाउनुपर्छ ।

सीइओ पोखरेलले भने, ‘बैक वित्तिय संस्थामा दैनिक जोखिम बढि रहेका छन् । प्रविधिको प्रयोगले एकातिर सहजता र अर्को विकृति पनि भित्र्याइ रहेको छ । यस्तो अवस्थामा बैंक वित्तीय संस्थाकै लागि साइबर रिक्स प्रोटेक्टर नामको बीमा योजना सञ्चालन गरिरहेको छ ।’ 

विगतका घटनाबाट पाठ सिकेर साइबर सुरक्षामा सबै सतर्क हुनुपर्ने भन्दै उनले त्यस्ता जोखिममा साथ दिन आफूहरू रहेको रहेको बताए । 

Advertisement

Advertisement