एनआरएनए चुनावः यसअघि पराजित कुल आचार्यले फेरि अध्यक्षमा उम्मेदारी दिने

Advertisement

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुल आचार्यले फेरि उम्मेद्वारी दिने भएका छन् । यसअघिको निर्वाचनमा पराजित भएका उनले आसन्न निर्वाचनमा पनि पुनः उम्मेदपारी घोषणा गरेका हुन् । संघको १० औं विश्व सम्मेलन तथा महाधिवेशन आउँदो अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदैछ ।

एनआरएनएको पूर्वउपाध्यक्षसमेत रहेका आचार्य नेपाली काँग्रेसनिकट हुन् । उनले आइतबार कार्यक्रम आयोजना गरी उम्मेदवा घोषणा गरेका हुन् । त्यस क्रममा उनले संगठनलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन, कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्न, विदेशमा हुर्किरहेका बालबालिकालाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाईल एप निर्माण गर्न उम्मेदवारी दिन लागेको बताए । 

Advertisement

आचार्यले थपे, ‘यस संस्थाका संस्थापक र अग्रजहरुको साथ विश्वभर रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुझाव, भावना, चाहनाका आधारमा मैले आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु । विश्वभरी रहनुभएका तपाईं सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको अमूल्य आशीर्वाद, सहयोग, समर्थन, शुभकामनाले निर्वाचित हुनेमा म विश्वस्त छु ।’
 

Advertisement

Advertisement