बर्षमानलाई जण्डिस बल्झिएपछि थप उपचार गर्न थाइल्याण्ड लैजाने तयारी

Advertisement

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनलाई जण्डिस बल्झिएपछि थप उपचारका लागि थाइल्याण्ड लाने तयारी गरिएको छ। उनको हाल सुमेरु अस्पतालमा उपचारत भइरहेको छ । 

उनकै पार्टीका एक नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले एक अनलाइन मिडियालाई जानकारी दिएअनुसार पुनको स्वास्थ्यमा सुधार नआएकाले थप उपचारका लागि थाइल्याण्ड लान लागिएको हो । यसअघि पनि उनलाई विदेश उपचार गर्न लगिएको थियो । 

Advertisement

सकेसम्म नेपालमै उपचार गर्ने प्रयास भए पनि स्वास्थ्यमा सुधार नआएकाले उपचार उपचारका लागि बाहिर लानुपर्ने अवस्था देखिएको सापकोटाको भनाई छ । पुन गएको सातादेखि बिरामी छन् । 

Advertisement

Advertisement