उद्योगको विकास र विद्युत खपत बढाउन ‘स्पोन्ज, आईरन’को आयातमा कर छुट दिएको होः शर्मा

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्टिल उद्योगले आयात गर्ने कच्चा पदार्थ (स्पोन्ज, आईरन)को आयातमा शून्य भन्सार र शून्य अन्तःशुल्क लगाउने निर्णय नेपालमा उद्योगको विकास गर्न र विद्युतको खपत बढाउन भएको बताउँदै यस विषयलाई गलत रुपमा व्याख्या गर्न खोजिएको बताएका छन् । 

इकोनोमिक मिडिया सोसाइटीको प्रतिनिधिमण्डलसँगको भेटमा उनले बिहीबार भने, ‘आजको दिनमा दुई–तीन सय मेगावाट विद्युत खेर गएको छ । त्यो विद्युत खर्च गर्ने गरी कार्यक्रम ल्याउन गलत हो ? नेपाली भएर बुझौं न । हामीले देश बनाउने कुरा गरेको हो । अरु केही गलत गरेको छैन् । कसैलाई घाटा हुने कुरा गरेको छैन् ।’

Advertisement

कर छुट लिएर नेपालमै उद्योग खोल्ने र यहीं उत्पादन गर्ने गरिएको हो भन्दै शर्माले एउटा उद्योगलाई मात्रै छुट दिइएको होइन् भने । व्यक्तिगतरुपमा कसैले घाटा फाइदा भन्दा पनि देश बनाउने कुरा गर्नुपर्ने उनको भनाई छ । शर्माले कर सहुलियतपछि १२ वटा मोटरसाइकल उद्योग खुल्दैछन् भन्दै यसको रिजल्ट छ महिनाभित्र आउने बताए । फलाम उद्योग पनि २०–३० वटा खुल्ने उनले दावी गरे । धौवादी फलाम खानी उद्योग पनि अब खन्न सुरु हुने मन्त्री शर्माले बताए । 

उनले भने, ‘हामीसँग सिमेन्ट छ । हामीसँग बालुवा गिट्टी छ । हामीसँग फलाम भयो भने निर्माणमा हामी आत्मनिर्भर भएनौं ?’ अरु देशको विकास फलाम खानीबाट भएको शर्माले उदाहरण दिए । 

Advertisement

Advertisement