एयर कार्गो ढुवानीमा भएको अनियमितता छानविन गर्न अख्तियारमा उजुरी

Advertisement

काठमाडौं । हुम्लाको सिमिकोटमा नेपालगन्ज र सुर्खेतबाट १० हजार क्विन्टल खाद्यान्न ढुवानी गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिम्रिक एयर कार्गोसँग मिलेमतो गरी अनियमितता गरेको निष्कर्षसहित वायुसेवा सञ्चालक संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।

संघले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई विपक्षी बनाएर अख्तियारमा उजुरी दिएको छ भने सार्वजनिक खरिद ऐन कार्यालयमा पनि उजुरी दर्ता गराइसकेको जानकारी दिएको छ । कम्पनीले वायुसेवा कम्पनीलाई पन्छाएको र वायुसेवाको अधिकार खोसेको, कानुनको उलंघन गरी अनियमितता गरेको भन्दै संघले यस विषयमा अदालत पनि जाने जाने बताएको छ ।

Advertisement

वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीका अनुसार खाद्य व्यवस्था कम्पनीले कानून उलंघन गरेको र वायुसेवाको अधिकार खोसेको ठहर गर्दै अदालत जान आवश्यक तयारी गरिएको छ । एक–दुई दिनमै अदालत जाने उनले बताए । यसका लागि आवश्यक कानूनी परामर्श भइरहेको कार्कीले जानकारी दिए ।

खाद्य कम्पनीले सबैभन्दा सस्तो वायुसेवाको प्रस्तावलाई पन्छाएर सबैभन्दा महंगोमा प्रस्ताव पेश गर्ने सिम्रिका कार्गोलाई हुम्लाको लागि खाद्यान्न ढुवानीको जिम्मा दिएको संघको भनाई छ । 

खाद्यान्न ढुवानीमा चार करोड अनियमितता, प्रस्ताव सार्वजनिक गरिसकेपछि लागत बढाइयो

दुर्गम क्षेत्रको खाद्यान्न ढुवानीमा सिण्डिकेट ! वायुसेवाको व्यापार खोसेर कार्गो एजेन्टलाई दिंइदै

सिम्रिकालाई कार्गो दिन चलखेल, करोडौंको कारोबार बिना प्रतिस्पर्धा दिइँदैन्ः खाद्य कम्पनी

खाद्यान्न ढुवानीको ठेक्का वायुसेवा कम्पनीलाई नै, महंगोमा प्रस्ताव हाल्ने कार्गो एजेन्सी आउट

एयर कार्गो ढुवानीमा भएको अनियमितासम्बन्धि वायुसेवा सञ्चालक संघले अख्तियारमा दर्ता गराएको उजुरी

Advertisement

Advertisement