फक्सवागेनले भित्र्यायो ‘टाइगुन’, एक बर्षमै हजार गाडि बेच्ने लक्ष्य

Advertisement

काठमाडौं । जर्मन अटोमोवाइल ब्राण्ड फक्सवागेनको नयाँ संस्करण ‘टाइगुन’ नेपाली बजारमा भित्रिएको छ । एसयुभी सेगमेन्ट अन्तर्गतको यो गाडि आकर्षक रंगमा खरीद गर्न सकिन्छ । नेपालमा भल्क्सवागनका गाडिका आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल रहेको छ । 

नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिञ्जले ‘टाइगुन’ सार्वजनिक गरेका हुन् । इञ्जिन क्षमताका आधारमा राम्रो मानिने यो गाडिको मूल्य ५० लाख ९० हजार रुपियाँ रहेको छ । टाइगुनको यो मूल्य सीमित अवधिका लागि भएको र पछि मूल्य बढ्ने कम्पनीले जानकारी दिएको छ । 

Advertisement

अमेरिकाको उत्तरी क्षेत्रमा टाइगा भन्ने जंगल रहेको र सोही जंगलको नामबाट गाडिको नाम टाइगुन राखिएको कार्यक्रममा जानकारी दिइएको थियो । सुरक्षाका विभिन्न नयाँ विशेषता समावेश भएको टाइगुन एक बर्षमा नै एक हजार बिक्री गर्ने लक्ष्य राखिएको छ । 

नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्वस्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनद्वारा सञ्चालित छ, जसले ११४ हचपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ ।  नेपाली बजारमा उपलब्ध यस प्रकारका कम्प्याक्ट एसयूभीमध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । 

फक्सवागन आफ्ना ठूला एसयूभी गाडिहरुको लागि विश्वमै लोकप्रिय छ । एसयूभी ‘टाइगुन’ लन्च भएपछि अब कम्पनी मास मार्केटमा समेत प्रवेश गर्ने विश्वास गरेको छ । फक्सवागन टाइगुनको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य सीमित अवधिको लागि ५० लाख ९० हजार रुपियाँ तोकिएको छ । 

तीन भेरिएन्टमध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार रुपियाँ तोकिएको छ । उत्तर अमेरिकी जंगल ‘टाइगा’बाट ‘टाइगुन’ नाम राखिएको हो । 

भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजर गरी विशेष रुपमा टाइगुनको डिजाइन गरिएको कम्पनीको भनाई छ । अन्तर्राष्ट्रिय रुपमा प्रचलित एमक्यूबी प्लेटफर्मलाई फक्सवागनले एमक्यूबी एओ आईएन प्लेटफर्ममा स्थानीयकरण गरी भारतमा यसको उत्पादन गरेको हो । यसले विश्वभर प्रचलित फक्सवागनका सबै मोडलमा उपलब्ध  टिकाउपन र गुणस्तरलाई टाइगुनमा समेत प्रयोगमा ल्याएको छ । 

टाइगुन यो सेगमेन्टको गेम चेन्जर एसयूभी हुने र टिकाउपना, वातावरणमैत्री र सुरक्षाको सन्दर्भमा कम्प्याक्ट एसयूभीको संसारलाई नै पुनर्परिभाषित गर्ने कम्पनीको भनाई छ । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकका लागि यो उपयुक्त एसयूभी बन्ने कम्पनीको विश्वास छ । 

कम मूल्यमा ४० भन्दा बढी सुरक्षात्मक संयन्त्रसहितको फक्सवागनका फन–टु–ड्राइभ विशेषताको यो कारमार्फत ग्राहकले आनन्द प्राप्त गर्ने बताइएको छ । फक्सवागनले पहिलेदेखि नै उपलब्ध गराइरहेका यो भन्दा ठूला कार टिगुआन र ट्वारेगमा प्रयोग गरिएको ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज यसमा पनि प्रयोग गरिएको छ । सिटी, हाइवे वा अफरोड जस्तोसुकै अवस्थामा पनि बेस्ट ड्राइभिङ अनुभव चाहनेहरुका लागि टाइगुन लक्षित छ । 

फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइनसहितको स्टाइलिस बोल्ड एक्सटेरियर छ । अघिल्लो भागमा भएको मस्कुलर ग्रिललाई एलईडी डे टाइम रनिङ हेडलाइट (डीआरएल्स)सँग पूर्णरुपमा एकीकृत गरिएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्विलबेस भएका कारण नेपाली सडकका लागि पूर्ण रुपमा फिट हुने कम्पनीको भनाई छ । 

इन्टेरियर डिजाइन पनि मोडर्न र फ्रेस छ भने ड्युअल टोन ड्यासबोर्डले कारको प्रिमियम अपिललाई अझै बढाएको छ । फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै शुन्यदेखि सय किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्छ । यसमा १० इन्च इन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलईडी टेललाइट लगायतका विभिन्न अत्याधुनिक फिचर पाउन सकिन्छ । 

पत्रकार सम्मेलनमा पुजा इन्टरनेसनल नेपाल प्रा.लि. का सीईओ विवेक बिजुक्छेले भने, ‘फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कार भित्रका यात्रु मात्र होइन, कार बाहिर वरिपरिका व्यक्तिहरुलाई समेत सुरक्षित राख्छ । टायर प्रेसर डिफ्लेसन वार्निङ, बक्स सेन्सर सहितको रिभर्स क्यामेरा, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिल होल्ड कन्ट्रोल, थ्री रियर हेड रिस्ट्रेन्टस आदि यसमा भएका केही एक्टिभ सेफ्टी फिचर हुन् । त्यसैगरी मल्टी–कोलिजन ब्रेक, मजवुत स्टिल स्ट्रक्चर वडी, ६ वटा सम्म एयरब्याग, सबै यात्रुका लागि थ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत अन्य धेरै प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन् ।’

यीमध्ये धेरै फिचर देख्न नसकिने भएकाले धेरै चर्चामा आएको पाइदैन । तर सुरक्षाको मामिलामा भने यी फिचर निकै नै महत्वपूर्ण छन् । उदाहरणका लागि कुनै अवस्थामा कार अन्य कारसँग वा वस्तुसँग ठोकिन गएको अवस्थामा मल्टी–कोलिजन ब्रेकले त्यसलाई अनियन्त्रित हुनबाट रोक्छ र यात्रुहरुलाई थप जोखिमबाट बचाउँछ । त्यसैगरी अचानक दुर्घटना भएको अवस्थामा मजवुत स्टिलवडी स्ट्रक्चरले चारैतिरबाट यात्रुलाई पर्न जाने धक्कालाई कम गराउँछ । 

फक्सवागनमा प्र्रसिद्घ टीएसआई इन्जिन प्रविधि ब्रान्डकै पायोनियरिङ प्रविधि हो । यस इन्जिनको विशेषता भन्नु नै परम्परागत इन्जिन भन्दा कम सीसीबाट नै अत्धाधिक पावर एक्सिलरेसन र माईलेज दिने हो । हलका इन्जिन साइज र थोरै आरपीएम ब्यान्डमा उच्च टर्क प्रदान गर्ने हुँदा टाइगुन चलाउँदा ग्राहकहरुले फन टु ड्राइभ अनुभव प्राप्त गर्न सक्ने कम्पनीको भनाई छ । 

सीईओ बिजुक्छेले थपे, ‘युरोपेली र चाइनिज बजारमा धेरै नै फ्यान भएका फक्सवागनको लोकप्रिय एसयूभी टी–क्रसलाई आधार मानेर नयाँ एसयूभी टाइगुन उत्पादन गरिएको छ । यसमा टी–क्रसमा भएका सवै विशेष फिचर समावेश गरिएका छन् । यो पावर, पर्फमेन्स, सेफ्टी र कम्फर्टमा कुनै पनि सम्झौता नगरिएको ‘ट्राइड एन्ड टेस्टेड भेइकल’ बनेको छ ।’

कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो सय ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुट समेत उपलब्ध गराउने भएको छ । प्रथम वर्ष कम्पनीले नेपालमा करीब एक हजार टाइगुन बिक्री गर्ने लक्ष्य राखेको छ ।

टाईगुन मेला 
यो दशैं पर्वलाई लक्षित गरि पुजा इन्टरनेसनले वान दरवार महल दरवारमार्गमा ‘फक्सवागन सप्राइज’ आगामी तिहारसम्मका लागि टाईगुन मेला लगाउने भएको छ । जसमा ग्राहकहरुले सजिलै उक्त गाडीको टेष्ट ड्राइभ गर्न सक्ने र विभिन्न उपहारहरु जित्न सक्नेछन् । इच्छुक ग्राहकले टाईगुन गाडीको टेस्ट ड्राइभ स्थल बाटै बुकिङ, फाइनानसिङ इन्सुरेन्स र एक्सेञ्ज सुविधा उपयोग गर्न सक्ने, यसबाहेक बालबालिका र परिवारसँग रमाउनका लागि विभिन्न खेलहरु आयोजना गर्नसक्ने छन् ।

Advertisement

Advertisement