श्रीको जहाज पार्किङ क्षेत्रमै चिप्लियो, यात्रुलाई अर्कै जहाजमार्फत गन्तव्यतर्फ पठाइदै

Advertisement

काठमाडौं । श्री एइरलाइन्सको ९एन–एएएफ कलसाइन भएको क्यू४००–८ नामक जहाज विमानस्थलको ट्याक्सी वेमै चिप्लिएको छ । यो जहाज नेपालगन्ज उडान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धानवमार्गबाट ट्याक्सीवे तर्फ जाँन लाग्दा चिप्लिएको हो ।

यो जहाज मंगलबार विहान ९ः३३ बजे काठमाडौंबाट यात्रु लिएर नेपालगन्ज जाने तयारी गर्दै गर्दा पार्किङ क्षेत्रमै चिप्लिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यो जहाजको एउटा चक्का घाँस भएको क्षेत्रमा फस्न गएको छ भने जहाज निकाल्ने प्रयास भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापवाबु तिवारीले बताए ।

Advertisement

उनका अनुसार यो जहाजको यात्रुलाई अर्को जहाजबाट नेपालगन्ज पठाउने तयारी भइरहेको छ । जहाजमा चालकदलका चार सदस्यसहित ८० जना यात्रु रहेको पनि  विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

जहाजलाई भने घाँसे क्षेत्रबाट ट्याक्सी वेमा नै ल्याउने क्रम पनि जारी छ । जहाल धावनमार्गमे नपाइपुगेकोले अरु जहाजको उडान अवतरणमा भने कुनै समस्या छैन् ।

Advertisement

Advertisement