सनम शाक्य हत्या प्रकरण र ३३ किलो सुन तस्करीका आरोपी सबै प्रहरीले सफाइ पाए

Advertisement

विराटनगर । अदालतले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका आरोपी सबै प्रहरीलाई सफाइ दिएको छ । मोरङ जिल्ला अदालतले मंगलबार फैसला सुनाउँदै प्रहरीलाई आरोपमुक्त गरेको हो भने सुन तस्करीका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई दोषी ठहर गरेको छ ।

उक्त घटनाका आरोपी बनाइएका प्रहरीका बहालवाला तथा अवकाशप्राप्त प्रहरीहरू भने अब दोषमुक्त भएका छन् । न्यायाधीश भरत लम्सालको इजलासले उक्त फैसला गरेको हो । गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार केही प्रहरीलाई उक्त प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको थियो । 

Advertisement

सुन तस्करीमा सघाएको र अपराधी भगाउन सहयोग गरेको भन्दै प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला, तत्कालीन एसएसपी श्यामब खत्री, हालका डीआईजी दिवेश लोहनी, एसपी विकास खनाल, डीएसपीहरु सञ्जय राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेल, जवान सञ्जीव शाक्यमाथि पनि अनुसन्धान सुरु गरिएको थियो । 

अधिकांश यसअघि नै उच्च अदालतको आदेशमा छुटे पनि खत्री र राउत भने अनुसन्धानकै दायरामा थिए । अब जिल्ला अदालतले दुवै प्रहरी अधिकृत र मुख्य आरोपी चूडामणि उप्रेतीकी श्रीमती नर्बदा खरेललाई सफाइ दिएको छ । 

Advertisement

Advertisement