सार्वजनिक सवारीमा डिजिटल भुक्तानी दिनेबीच अन्तरआवद्धता अनिवार्य, मर्ज भए उत्तम: राष्ट्र बैंक
२ फागुन २०७७ मा कपन संयुक्त यातायात र फिनटेकबीच कार्डबाट भुक्तानी सुभारम्भको फाइल फोटो ।

Advertisement

काठमाडौं । यात्रा कार्ड जारी गरेर सवारी भाडा भुक्तानीको सुविधा दिने वालेटलाई अन्तरआवद्धता दिन वा मर्जरमा जान दबाब परेको छ । सेवा सुरु गरेको वालेक कम्पनी फिनटेक इन्टरनेशनल र सेवा सञ्चालनको तयारीमा रहेको अर्को कम्पनी मोहर पेलाई सुरुमा एकआपसमा अन्तरआवद्ध हुन वा एक भएर आउन राष्ट्र बैंकले आग्रह गरेको हो  ।

राष्ट्र बैंकका भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक भुवन कंडेलका अनुसार दुबै वालेटले एउटै प्रकृतिको सेवा दिने र दुबैले उपत्यकाको सार्वजनिक सवारी साधनमा भाडा तिर्ने डिजिटल भुक्तानी प्रणाली सुरु गर्दै छन् । एउटै सेवा दिने यात्रुले फरक फरक कार्ड लिन नपरोस् र एउटै कार्डबाट दुबै सेवाप्रदायकमा भुक्तानी गर्न सकिने गरी अन्तरआवद्धता दिएर सहजीकण गर्न लगाइएको उनले बताए । कंडेलका अनुसार यात्रुले एउटा सवारी साधनमा चढ्दा एउटाको अर्कोमा चढ्दा अर्को कम्पनीको कार्ड लिनुनपर्ने व्यवस्थाका लागि अन्तरआवद्धताको सेवा दिन वा मर्ज भएर अगाडि बढ्न आग्रह गरिएको छ ।

Advertisement

वालेटले अन्तरआवद्धता दिएर काम गर्न पाउँछन भने उस्तै प्रकृतिको वालेटले मर्ज हुन चाहेमा पनि सहजीकरण गर्न सकिने राष्ट्र बैंकको भनाई छ । यात्रा कार्डबाट हुने भुक्तानी सेवाको लागि राष्ट्र बैंकबाट मोहोर डिजिटल प्रालिले मोहोर पेम कार्ड नामको वालटे सञ्चालन गर्ने गरी ३० असोज २०७६ मै अनुमति लिएको थियो । राष्ट्र बैंकबाट फिनटेक इन्टरनेशनल प्रालिले पनि यात्रा कार्ड नामक वालेट सञ्चालन गर्ने गरी २० माघ २०७७ मा अनुमति लिएको थियो । मोहोर पेभन्दा १४ महिनापछि मात्रै सञ्चालन अनुमति पाएको यात्रा कार्डले सेवाको सुरुवात गरिसकेको छ भने मोहोर पे कार्डले भने अझै तयारी मात्रै गरिरहेको छ ।

फिनटेकले गत वर्ष फागुनदेखि नै कपन संयुक्त यातायातबाट यात्रा कार्ड लागू गरेको र अरु सार्वजनिक सवारीमा पनि जाने तयारी गरिरहेको छ । यसले अघिल्लो वर्ष लागू गरेको यस्तो यात्रा कार्ड महामारीले सार्वजनिक सवारी सञ्चालन नै अस्तव्यस्त भएको जानकारी दिएको छ । हाल भाडा समायोजनको विषय उठेकोले सुरु भएका सवारीमा पनि यसको प्रयोग भने हुन नसकेको फिनटेकका प्रमुख सञ्चालन अधिकृत (सीओओ) अभिनव भट्टराई बताउँछन् ।

उनका अनुसार काठमाडौंका अधिकांश सार्वजनिक सवारीका समितिसँग एक चरणको छलफल भइसकेको छ । कपन संयुक्त र मच्छे राजधानीमा यात्रा कार्ड लागू गरिएको भएपनि अब यसको प्रभावकारिता दशैंपछि थप हुनेछ । यो कम्पनीले लामो दूरीको सवारीका लागि पनि एप बनाउने काम भइरहेको छ ।

राष्ट्र बैंकले बोलाएर अन्तरआवद्धता सेवा दिन भनेको छ । आफूहरुले सोहीअनुसार कम्तिमा दुई तीन वटा कार्ड चल्ने गरी अन्तरआवद्धता सेवा दिन पनि सक्ने गरी डिजिटिल भुक्तानीको प्रणाली विकास गरिरकेको भट्टराईले कर्पोरेट नेपाललाई बताए । 

मोहोर पे कार्डले भने महामारीका कारण सेवा सुरु नै गर्न नसकेको हुँदा अहिले भने केही बस व्यवसायीका समितिसँग आवश्यक छलफल भइरहेका जानकारी दिएको छ । मोहोर पेका सञ्चालक जगदिश श्रेष्ठका अनुसार राष्ट्र बैंकले सहजीकरण गरिरहेको र एउटै सवारीमा धेरैवटा कार्ड नहोस र यात्रुलाई सहजै भुक्तानी सुविधा दिने प्रणालीको विकास आवश्यक भएको उल्लेख गरिरहेको बताएका छन् ।

मोहोर पेले पनि उपत्यका भित्र छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीमा लागू गर्ने भएको छ । मोहोरले महानगर यातायातमा कार्डबाट भुक्तानी गर्ने विषयमा आवश्यक छलफल गरिरहेको छ । तर, महामारी र पछिल्लो समय भाडा समायोजनको विषय दशैं पछाडि नै अगाडि जाने श्रेष्ठले बताए । पछिल्लो समय सार्वजनिक सवारीको भाडा समायोजन हुनुपर्ने माग अगाडि सारेको, व्यवसाय नै नभएको हुँदा नयाँ प्रविधिमा जान समस्या भइरहेको बुझाई पनि श्रेष्ठको छ । 

Advertisement

Advertisement