चितवन इपीएलको फाइनलमा, पोखरा राइनोज ९ विकेटले पराजीत

Advertisement

काठमाडौँ । चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपीएल) टि टवान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा  पुगेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवन पहिलो पटक इपिएलको फाइनलमा पुगेको हो । पोखराले दिएको ६७ रनको समान्य लक्ष्य चितवनले ७ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । 

Advertisement

चितवनको जितमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै हसिम अन्सारीले अविजित १४ रन जोडे । करिम जनत ४ रनमा अविजित रहे । बलिङतर्फ पोखराका नन्दन यादवले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा समेटिएको थियो । पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए ।

त्यसैगरी लोकेश बम ५, सहन अर्चाचिगे ३, विक्रम सोब ३, विवेक यादव २, असेला गुनारत्ने १ रनमा आउट भए । कप्तान विनोद भण्डारी र नन्दन यादव शून्य रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे ।

पोखरालाई सस्तैमा समेट्न क्रममा चितवनका सागर ढकाल र शाहब आलमले ४÷४ विकेट लिए भने सोमपाल कामी र करिम जनतले १-१ विकेट झारे ।

Advertisement

Advertisement