अमेरिकाप्रेमीहरुलाई खुशीको समाचार, आज राति ९ः४५ बाट डिभी आवेदन खुल्दै

Advertisement

काठमाडौं । सन् २०२३ का लागि अमेरिका डाइभर्सिटी भिसा (डिभी)को आवेदन बुधबार राति ९ः४५ बजेबाट खुल्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले कात्तिक २३ गतेसम्मका लागि आवेदन खुल्न लागेको जनाएको छ । 

विशेषगरी अहिलेको नयाँ पुस्ता अमेरिका जान र उहीं स्थायीरुपमा बस्न लालयित देखिन्छ । युवा जनशक्तिको पलायन मुलुकको हितमा नभएको भन्दै बौद्र्धिक क्षेत्रमा बहस हुने गरे पनि त्यसलाई रोक्न सरकार, राजनीति दल, प्रशासनले कुनै पहल गरेको देखिन्न । मुलुकको अस्थिर राजनीति, द्धन्द्ध, अनिश्चितताका कारण काम गर्ने युवा जनशक्ति पलायन हुने क्रम बढ्दै गएको छ ।

Advertisement

अमेरिकी दूतावासका अनुसार इच्छुक आवेदकले तोकिएअनुसारको विवरण अनलाइनबाट प्रविष्ट गर्नुपर्ने, दिइएका निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुपर्ने, आवेदनमा आफ्नो परिवारका सबै सदस्यको विवरण उल्लेख गर्नुपर्ने, विगत छ महिनाभित्र खिचिएको फोटो प्रयोग गर्नुपर्ने बताएका छ । 

साथै, दूतावासले स्पन्सरलगायत अनावश्यक कागजपत्र र सेवाको लागि शुल्क नबुझाउन आग्रह पनि गरेको छ । 
 

Advertisement

Advertisement