Advertisement

काठमाडौं । नेपालमा पहिलो पटक डेनमार्कको ‘हामेल’ ब्राण्डका स्पोट्स तथा फेसनेवल लुगा भित्रिएको छ । जावलाखेलमा शोरुम राखेर सुरु गरिएको यो ब्राण्डको कांग्रेस नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले बिहीबार शुभारम्भ गरे । 

‘हामेल’  ब्राण्डले अहिले पुरुषले प्रयोग गर्ने जुत्ता र लुगा मात्रै राखेको छ । महिला र बच्चाका पहिरन पनि चाँडै ल्याइने  जनाइएको छ । ‘हामेल’को नेपालका लागि आधिकारिक बिक्रेता काब्स इन्टरनेशन रहेको छ । 

Advertisement

आफ्नो कम्पनीले भित्राएको यो डेनिस ब्राण्ड अन्तर्राष्ट्रिय समूदायले रुचाएको एक सय वर्ष पूरानो ब्राण्ड भएको कम्पनीका प्रवन्ध निर्देशक गौतम वैस्यले बताए । ‘हामेल’ नेपालमा पनि स्पोर्टस र फेसनेबल दुबै प्रकारका ग्राहकको रुचीलाई पूरा गर्न भित्राइएको उनको भनाई छ । 

वैस्यले भने, ‘करिब तीन वर्षको प्रयासपछि मात्रै नेपालमा यो ब्राण्ड भित्र्याउन सकिएको हो ।’ नेपालमा भित्रिएका अन्य ब्राण्डले स्पोट्स आइटमलाई मात्रै फोकस गरे पनि आफूहरुले फेसनेवललाई समेत लक्षित गरेको उनले बताइ । 

नेपालमा अरु ब्राण्डभन्दा उत्कृष्ट बनाउने उद्देश्यसहित ‘हामेल’ ब्राण्डका उत्पादन भित्राइएको बताउँदै वैस्यले यसको छिट्टै बौद्ध र दरवारमार्गमा शोरुम खोल्ने बताए । काठमाडौं बाहिर पनि एक वर्षभित्रैमा गइसक्ने गरी तयारी भइरहेको उनले बताए । सुरुमा पोखरा र विर्तामोडमा शोरुम खोलिने छ । 

ब्राण्डेड लुगा जुत्ता मन पराउने नेपाली उपभोक्तालाई दृष्टिगत गरेर भित्रिएको ‘हामेल’ सचेत वर्गले सजिलै प्रयोग गर्ने वैस्यको विश्वास छ । थप कुराकानी भिडियोमा हेर्नुहोसः

Advertisement

Advertisement