धमाधम लाभांश घोषणा गर्दै सूचीकृत कम्पनीहरु, कस्को कति ? बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । दोस्रो बजारमा कारोबार गरिरहेका कम्पनीहरुले केही दिनयता धमाधम लाभांश घोषणा गरिरहेका छन् । कम्पनीले गएको आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिन हतारिएका हुन् । 

बिहीबारसम्म नेप्सेमा सूचीकृत कम्पनीमध्ये छ वटा वाणिज्य बैंक र दुई विकास बैंकले लाभांश घोषणा गरेका छन् । घोषणा गर्ने बैंकहरुमध्ये सिटिजन्सले मात्रै बुक क्लोज मिति तय गरेको छ । यसले साधारण सभा र लाभांश प्रयोजनका लागि कात्तिक २२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । अन्य बैंकले भने अहिलेसम्म बुक क्लोज मिति सार्वजनिक गरिसकेका छैनन् ।

Advertisement

नियामकीय प्रावधान अनुसार सामान्यतया चालु आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यस अनुसार पुस मसान्तसम्म कम्पनीहरुले वार्षिक साधारण सभा गरिसक्नुपर्छ । 

प्रतिफलको आश गर्ने धेरै लगानीकर्ता सकेसम्म कम्पनीहरुले दशैंअघि नै लाभांश दियो भन्ने चाहान्छन् । तर प्रक्रियागत झन्झटका कारण लाभांश वितरणमा भने ढिलाई हुने गरेको देखिन्छ । समयमा प्रतिफल दिने कम्पनीहरुमा लगानीकर्ताको पनि रुची हुने भएकाले सकेसम्म चाँडै  यस्तो निर्णय गर्न कम्पनीहरुमा प्रतिस्पर्धा बढ्न थालेको छ । 

समयमा साधारण सभा गरी लाभांश वितरण गर्नसक्ने कम्पनीलाई संस्थागत सुशासन राम्रो भएको कम्पनीको रुपमा पनि हेरिने भएकाले कतिपय कम्पनीहरु लाभांश वितरणमा पहिलो हुने दौडमा देखिन्छन् । 

लाभांश घोषणा गर्ने ६ वाणिज्य बैंक
बिहीबारसम्म छ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । जसमा सबैभन्दा धेरै लाभांश सानिमा बैंकको रहेको छ भने सबै भन्दा न्यून कुमारी बैंकको रहेको छ । 

लाभांश घोषणा गर्ने विकास बैंक 
हालसम्म विकास बैंकमा कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका छन् । 

कुन कुन लघुवित्तले गरे लाभांश घोषणा ? 
बिहीबारसम्मको नेप्सेको तथ्यांक हेर्दा १३ वटा लघुवित्त कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । यी कम्पनीमा सबैको लघुवित्त, मेरो माइक्रोफाइनान्स, एनआईसी एसिया लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, साधना लघुवित्त, आशा लघुवित्त र स्वाभिमान लघुवित्त छन् । यस्तै, यस दिनसम्म आरएसडीसी, लक्ष्मी, सिभिल गुराँस, डिप्रोस र स्वोरोजगार लघुवित्त कम्पनीले पनि लाभांश घोषण गरेका छन् । 

बीमा कम्पनी
बीमातर्फ अहिलेसम्म कुनै पनि कम्पनीले लाभांश घोषणा गरेका छैनन् । तर, अघिल्लो आर्थिक वर्ष २०७६–७७ को लाभांश वितरण गर्ने गरी दुई बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । प्राइम लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । 

अन्य कम्पनी
अहिलेसम्म लाभांश घोषणा गर्ने थप कम्पनीमा नेपाल ल्यूव आयल र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश घोषणा गरे पनि यो आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट हो । यस अवधिमा जलविद्यत क्षेत्रबाट लाभांश घोषणा गर्ने कुनै कम्पनी देख्खिएका छैनन् । 

Advertisement

Advertisement