स्वाबलम्बन लघुवित्तले गर्यो लाभांश घोषणा

Advertisement

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । 

गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिएको छ । 

Advertisement

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

Advertisement

Advertisement