कर्मचारी आन्दोलनको सय दिनमा पर्यटनले मन्त्री पायो, नेवानि महाप्रवन्धक निरन्तर कि नयाँ ?

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगका कर्मचराीले निगमलाई कम्पनी लिमिटेड बनाउने, ५१ प्रतिशत शेयर निजी क्षेत्रलाई दिने र निगमको अस्तित्व नै मेटाउने गरी बोर्ड लागेको भन्दै विरोधमा स्वरुप गरेको आन्दोलको एक सय दिनमा निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २२ असोज (शुक्रबार) पर्यटन मन्त्रीमा प्रेम आलेलाई नियुक्त गरेका छन् ।

वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकास पौडेलले निगमलाई निजीकरण गर्न गर्न प्रवन्धपत्र र नियमावली परिवर्तन गरेर मन्त्रालयल पठाएको भन्दै साउन दोस्रो सातादेखि निगमका कर्मचारीले व्यवस्थापन विरुद्ध आन्दोलन गरिरहेका छन् । कर्मचारी आन्दोलन रोक्न पर्यटन मन्त्रालयले निगमलाई निजीकरण गर्ने विषयमा छलफलसमेत नभएको र कम्पनी मोडलमा लैजाने प्रस्तावलाई अगाडि नबढाएको बताए पनि कर्मचारी भने बोर्ड यो प्रस्ताव बैठकबाटै फिर्ता हुनुपर्ने अडानमा राखि नै रहे । अदालतले पनि निगमलाई निजीकरण गर्ने काम यथास्थितिमै राख्न आदेश दिइसक्दा पनि कर्मचारी भने दिशाहिन आन्दोलन जारी नै राखिरहे । आज निगम कर्मचारीले गरेको आन्दोलन एक सय दुई दिन पुगेको छ । अझै निगमका कर्मचारीको समस्याको समाधान निस्किएको छैन ।

Advertisement

कर्मचारीले पछिल्लो समय महाप्रन्धकको राजीनामा माग गरेर आन्दोलन गरिरहेका छन् । महाप्रवन्धक पौडेलले भने यस अघि सरकारले गठन गरेको सात वटा समितिले निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने र निजीकरण गर्नुपर्छ भन्ने सुझावलाई आफूले कार्यान्वयनको पहल सुरु गर्न मात्रै खोजेको तर कर्मचारीले रोकेको बताएका छन् । कर्मचारी आन्दोलनले न निगमको सुधार भएको छ न त निगमका महत्वपूर्ण गतिविधि नै अगाडि बढेका छन् । निगमका कर्मचारी व्यक्तिगत स्वार्थ र एजेण्डविहीन आन्दोलन गरिरहेका कारण निगमका महाप्रन्धक १०२ दिनदेखि कार्यालय जान पाएका छैनन् । कर्मचारीले पर्यटन मन्त्रालयका सचिव, सहसचिवसँग पनि वार्ता नगरेका कारण मन्त्री नै पर्खेर बसेको बताएका छन् ।

मन्त्री नियुक्त भएर आएपछि अब निगमका कर्मचारीको माग कसरी पूरा होला भन्ने चासोको विषय बनेको छ । निगमका कर्मचारीले महाप्रन्धकको राजीनामा नै हुनुपर्ने माग गरेका छन् भने महाप्रवन्धक कर्मचारीको एजेन्डा नै नभएको, आन्दोलन गर्ने एजेन्ण्ड र बहाना नभएपछि दुई महिनापछि मात्रै महाप्रवन्धको राजीनमा माग गरेको भन्दै राजनीमाना दिने मनसायमा भने छैनन् ।
निगमका महाप्रवन्धक पौडेल नयाँ मन्त्री आएकोले अब अनुकुल समय मिलाएर निगमको बारेमा बिफ्रिङ गराउने बताउँछन । कर्मचारी आन्दोलनको विषयमा कर्मचारीले नै मन्त्रीसँग वार्ता गर्ने भनेको छन् । मन्त्री पनि आइसकेकाले अब त निकास निस्किएला नि ? उनले प्रश्न गरे । पौडेलले महाप्रवन्धक नियुक्त सरकारले गरेकोले सरकारले गर्ने निर्णय नै महत्वपूर्ण हुने बताए । निगमको सुधार गर्न आएकोले निगमकै हितमा काम गर्न लागिपरेको छु ।

सिमित कर्मचारीको व्यक्तिगत स्वार्थमा निगम नचल्ने भएकोले अब कर्मचारीको माग अनुसार महाप्रन्धककले राजीनामा दिनुपर्ने भए विभागीय मन्त्रालयबाट प्रस्ताव लगेर सरकारले हटाउनुपर्छ होइन भने कर्मचारीले बस भन्दा बस्ने र छोड भन्दा छोड्ने काम महाप्रन्धकको नभएको निगमका पौडेल निकट कर्मचारी बताउँछन् । कर्मचारीले भने महाप्रवन्धको राजीनामा नै एक सूत्रीय माग भएको बताएका छन् । अब मन्त्री नै आइसकेकोेले उपयुक्त निकास दिने काम हुने पनि निगमका तीनवटै कर्मचारी युनियनको भनाइ छ । 

मन्त्री आलेका चुनौति 
पर्यटन मन्त्री नियुक्त भएका आलेको पहिलो चुनौति नै निगमका कर्मचारी आन्दोलन रोक्नुमा हुने छ । यसका लागि कर्मचारीलाई उपयुक्त आश्वासन दिएर महाप्रवन्धक पौडेलबाटै काम लगाउने र अर्को विकल्प खोज्ने । अर्को विकल्प खोज्न पनि त्यति सजिलो भने नहुन सक्छ ।

निगम सुधार अर्को ठूलो चुनौति हो । निगमका हाल चार वटा अन्तर्राष्ट्रिय उडानका जहाज छन् । ती जहाजको पूर्ण क्षमतमा उडान, लामो दूरीका गन्तव्यमा पहुँच विस्तार, आन्तरिक उडान सुधार, भएको तीनवटा ट्वीनअटर उडान गर्नुपर्ने छ । आन्तरिक उडानमा थप जहाज ल्याउनेदेखि अन्तराष्ट्रिय उडान सुधार गर्ने काम गर्नुपर्छ । निगमको वाइडवडि जहाज खरिदमा अनियमिता भएको भन्दै उनी नै सदस्य रहेको एक छानविन समितिले निष्कर्ष छ । सो समितिको प्रतिवेदन अनुसार कारवाही गर्ने चुनौति पनि मन्त्री आलेलाई छ ।

पर्यटन क्षेत्र पुनरुत्थान, अन्तर्राष्ट्रिय स्तरमा महामारी पछि परेको रेड जाने, आठ वर्षदेखि उड्डयन क्षेत्र ईयूको कालोसूचीमा परेको, उड्डयन प्राधिकरका महानिर्देशक नियुक्त, पोखरा र भैरहवा विमानस्थल सञ्चालनसहितका चुनौति पनि मन्त्री आलेमाथि आएको छ ।

नेवानि कर्मचारीको आन्दोलन तीन महिना पुग्यो अझै निकास निस्किएन, महाप्रवन्धकमा गुटगत लविङ

वायुसेवा निगमका कर्मचारी अराजक भए, निर्देशककै कुर्सीमा बस्न पुगे

‘अनावश्यक माग राखेर गरेको विरोधको औचित्य छैन, ६ महिना आन्दोलन गरेपनि राजीनामा दिन्न’

वायुसेवा निगमः ४७ अर्ब ऋणमा डुबेको बेला सञ्चालन घाटा ६ अर्ब थपियो

‘निजीकरणको विरोधमा नेवानिका कर्मचारी पाँच दिनदेखि आन्दोलित, निर्णय फिर्ता नभएसम्म रोकिन्न’

Advertisement

Advertisement