ताइवान सार्वभौम राष्ट्र हो, चिनियाँ दबाव अगाडि झुक्दैनौंः ताइवानकी राष्ट्रपति

Advertisement

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई आफ्नो अधिनमा ल्याउने बताएलगत्तै ताइवानकी राष्ट्रपति साइ इङ् वेनले चिनियाँ दबाव अगाडि आफूहरु नझुक्ने बताएकी छन् । 

ताइवानको राष्ट्रिय दिवसको अघिल्लो दिन राष्ट्रपति सीले शनिबार ताइवानलाई पुनः एकीकरण गर्ने बताएका थिए । ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम राष्ट्र बताउँदै आएको छ भने चीनले आफ्नै भूभागको रुपमा व्याख्या गर्दै आएको छ । 

Advertisement

वेनले आफूहरु कसैसँग नझुकी प्रजातान्त्रिक जीवन निरन्तर अघि बढाउने भन्दै ताइवान जति उपलब्धि हासिल गर्छ त्यति चिनियाँ दबाब बढ्दै जाने बताइन् । ताइवानलाई पश्चिमा शक्तिको समर्थन पनि रहेको छ । तर चीनले आफ्नो प्राप्त रहेको ताइवानले स्वतन्त्र राष्ट्र भने शक्ति प्रयोग गर्नसक्ने संभावना पनि रहेको छ । पछिल्ला दिनमा चीनले ताइवानी आकाशमा ठूलो सङ्ख्यामा सैन्य जेटहरू उडाउने गरेको छ।

राष्ट्रपति वेनले आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा चीनले सैन्य विमान उडाएर राष्ट्रिय सुरक्षा र हवाई सुरक्षामा असर परेको बताएकी छन् । सन् १९४९ देखि नै ताइवानमा छुट्टै सरकार रहे पनि चीनले आफ्नो दावी छोडेको छैन् । 

गत बर्ष मात्रै अत्याधिक बहुमतका साथ चुनाव जितेकी उनले बराबरीको हैसियतमा चिनियाँ नेताहरूसँग छलफल गर्ने प्रस्ताव गरेकी छन् । चीनले भने वेनलाई पृथकतावादीको संज्ञा दिएको छ । 

Advertisement

Advertisement