शाकाहारीलाई पोषणविज्ञको सुझाव– दशैंमा तारेको खानेकुरा र गुलियो धेरै नखानुहोला है

Advertisement

काठमाडौं । विशेष गरेर दशैंको बेलामा मासुको सेवन अत्याधिक रूपमा हुने गर्छ । अझ मांशहारीलाई त मासु धेरै खाएको बेलामा दशैं आयो भनेर समेत ठट्टा गर्ने चलन छ । तर शाकाहारीले दशैंमा के खान्छन् ? भन्ने विषयमा त्यति धेरै चर्चा भएको पाइदैन । आज हामीले शाकाहारीले दशैं कसरी मनाउँछन् ? खोजी गरेका छौं । खानपान कै हिसाबले हेर्दा मांशहारीले मासुको विभिन्न परिकार खाएर दशैं मनाउँछन् भने शाकाहारीले पनि आफ्नो रोजाईको खाना खान्छन् ।

पनिर

Advertisement

शाकाहारीले चाडपर्वको बेलामा अन्य बेलाको भन्दा केही विशेष र भिन्न खानेकुरा रोज्ने गरेको पाईन्छ । शाकाहारीले खाने तरकारी तथा परिकार पनिरको हुने गरेको छ । अधिकांश मांशहारीले मासु खाइरहेको बेलामा धेरै शाकाहारीले पनिर खान रूचाउने गरेका छन् । 

च्याउ 

शाकाहारी खानकीमा च्याउ पनि विशेष खानेकुरामा पर्छ । चाडपर्व, दशैं तिहार र भोज भतेरमा शाकाहारीले च्याउको तरकारी खोज्ने गरेका छन् । मासु र च्याउका तरकारीमा केही समानता रहेको वैज्ञाननिक तथ्य पनि रहेको छ । मांशहारीले सेवन गर्ने मासु र शाकाहारीले खाने च्याउ दुवै पौष्टिक तत्व र प्रोटिनका हिसाबले धनी मानिन्छ  ।

दही

शाकाहारीले दशैंमा दही खाने गर्छन् । ताजा र स्वादिलो दही अन्य खाने कुराको तुलनामा स्वास्थ्यमा हिसाबले समेत लाभदायी मानिन्छ भने धेरैको रोजाईमा समेत पर्न गरेको पाइन्छ ।

फलफूल

फलफूललाई भिटामिनको राजा पनि भन्ने गरिन्छ । स्वाद र शक्ति दुवैको समिश्रण एकै ठाउँमा हुने भएकाले फलफूलको आफ्नै महत्व छ । शाकाहारीले आफ्नो विशेष भोजनामा फलफूल टुटाउदैनन् । फलफूलको प्रकृति भिन्न हुने भए पनि शाकाहारीले कुनै न कुनै किसिमको फलफूलमा रूची राख्ने गरेको पाइन्छ ।

त्यस्तै, शाकाहारीले घुमघाममा पनि विशेष रूची राख्ने गर्छन् । हुन त मांशहारीले पनि घुमघाम गर्छन् । तर मांशहारीको ध्यान भोजनले नै ध्यान तान्ने भएकाले पनि होला घुम्नु त्यति प्राथमिकतामा पर्दैन । तर शाकाहारीले आफ्नो लामो बिदाको समयमा घुमघाममा गर्न रूचाउने गरेका छन् ।  अन्य किनमेलमा मांसाहारी र शाकाहारी सहभागी हुने भए पनि दशैंमा शाकाहारीले के खाने भन्ने विषयमा धेरै चर्चा हुनेगर्छ । दशैंमा टीका, जमरा लगाउने र आर्शिवाद थाप्ने काममा शाकाहारी सहभागी हुने भए पनि शाकाहारी पाहुना पार्न विभिन्न किसिमका भोजन तयार पार्ने गरिन्छ ।

पोषण विज्ञ मधु थापाको सुझाव

पोषण विज्ञ (डाइटिसियन) मधु थापाले कर्पोरेट नेपाललाई दिएको जानकारी अनुसार शाकाहारीले मासु खाए पनि मिठाईमा जोड दिन्छन् । चिनी बढी भएको खानेकुरामा क्यालोरी बढी हुने भएकाले त्यसलाई मिलाएर खानुपर्ने उनको भनाई छ । थापा भन्छिन् ‘तेलमा तारेको खानेकुरा, गुलियो खाने कुरामा शाकाहारीले बढि रूचाउने भएकाले त्यस्तो खानेकुरा खाँदा निकै ख्याल पुर्याउनुपर्छ ।’

पाचन प्रक्रियाका लागि मासुसँगसँगै सागसब्जी खानु उत्तिकै महत्वपूर्ण हुन्छ । तर अन्नमा हुने प्रोटिन खाँदा पनि गेडागूडी लगायतका खानेकुराको अनुपात मिलाउन निकै जरूरी हुने उनको भनाई छ । माछा मासुका कुनै पनि परिकार नखाने व्यक्तिले सोयाबिन, तोफू, गेडागूडी लगायत अन्य भिटामिन, प्रोटिन तथा फलफूलमा जोड दिनुपर्ने थापा बताउँछिन् ।  

Advertisement

Advertisement