शेयर लगानीकर्ताका अगुवाहरुको दशैंः कोही घुम्दै, कोही जनचेतना जगाउँदै
file-Photo

Advertisement

काठमाडौं । नेपालीहरुको महान चाड दशैं जारी छ । आफ्नो घर गाउँमा फर्किने, परिवार तथा साथीभाईसँग रमाउने अवसरको रुपमा रुपमा रहेको यो चाड मिठो खाने राम्रो लगाउने मान्यजनबाट आर्शिवाद लिने अवसर पनि हो । विभिन्न पेशा, व्यवसायमा रहेकाले पनि आ–आफ्नो तरिकाले यो पर्व मनाइरहेका छन् । शेयर बजारमा अगुवा लगानीकर्ता चाहिं कसरी दशैं मनाइरहेका छन् । 

मुक्तिनाथ जाँदैछुः रौनियार
नेपाल इन्भेष्टेर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले आम नेपालीले जसरी दशैं मनाउछन् । उनले घटस्थापनामा राखेको जमरा पहेंलो भइसकेको छ । रौनियार भन्छन्, ‘यस पटकको हाम्रो दशैं अन्य वर्षको भन्दा फरक छैन । फरक भनेको यस पटक दशमीको टीका सकेर मूक्तिनाथ दर्शन गर्न जाने योजना छ ।’ 

Advertisement

रौनियारको बुझाईमा दशैं भनेको परिवारको सदस्य एक ठाउँ भएर रमाइलो चाडपर्व हो । उनी भन्छन्, ‘कोरोनाको कारण गत वर्ष दशैं राम्रोसँग मनाउन सकिएन । टाढा भएका परिवारको सदस्य सबै भेला हुन पाईएन । यो वर्ष पनि कोरोनाको डर त छ नै । भएता पनि सूरक्षाको मापदण्डलाई अपनाएर घुम्न जाने योजना बनाएका छौं ।’ रौनियार परिवारसहित मुक्तिनाथ दर्शनका लागि जान लागेका हुन् । 

पुर्ख्यौली घर गइएनः तुलसीराम ढकाल 
नेपाल इन्भेष्टर्स फोरमका हालका अध्यक्ष तुलसीराम ढकालले यस पटकको दशैं राजधानी काठमाडौंमा मनाइरहेका छन् । मोरङ पुर्ख्यौली घर भएका उनी यस पटक गृह जिल्ला गएनन् ।  सामान्य हिसावले दशैं मनाइरहेका ढकाल भन्छन्, ‘सामान्य समय भएको भए कतै परिवारसँग घुम्न जाने योजना पनि बनाउन सकिन्थ्यो होला । तर, कोरोनाको कारण अहिलेको अवस्था त्यस्तो छैन । त्यही भएर महिले कतै गइन् ।’

गाउँका महिलालाई शेयर सचेतना जगाउँदैछुः पोखरेल
नेपाल पुँजी बजार लगानीर्ता संघकी राधा पोखरेल यो वर्ष आफ्नो जन्मस्थान बर्दिबासमा दशैं मनाउँदै छिन् । कोरोना र अन्य विभिन्न कारण विगत दुई वर्षदेखि राजधानीमै दशैं मनाउदै आएकी पोखरेल यस पटक भने गृहजिल्ला पुगेकी हुन् । 

सामान्य हिसावले दशैं मनाइरहेकी उनले भनिन, ‘परापूर्व कालदेखि नेपालीले जसरी दशैं मनाउदै आएका छन्, मेरो पनि दशैं त्यस्तै रहन्छ । फरक खालको सोच के गर्ने ? भनेर बनाउने हो । त्यसमा मेरो योजना चाहिं म जन्मिएको ठाउँको महिला दिदी बहिनीलाई शेयर बजारको बारेमा जानकारी दिने र शेयर बजारमा लगानी गर्नलाई आकर्षित गर्ने छ ।’ 

पोखरेलले यसअघि पनि देशको विभिन्न ठाउँमा गएर महिलाहरुलाई शेयर बजारको बारेमा शिक्षा दिँदै आएकी छन् । दशैंको समय सक्किएलगतै उनले देशको विभिन्न भागमा गएर लगानीकर्तालाई शेयर बजारको बारेमा शिक्षा दिने योजना पनि बनाएकी छन् । 

दशैं भनेको घुम्नेभन्दा पनि परिवारसँगै मनाउने होः चौधरी 
पुँजी बजार संघकी केन्द्रीय अध्यक्ष संरचना चौधरी यो वर्षको दशैंमा कतै घुम्न गइनन् । आफ्नो फरक संस्कृति भएकाले दशैंमा त्यस्तो खास केही योजना नरहेको उनले सुनाइन् । 

दशैंमा परिवार र इष्टमित्रबीच भेटभाट, आफूभन्दा ठूलाबाट आर्शिबाद लिने र सानालाई आर्शिवाद दिनेभन्दा अन्य केही नयाँ योजना नबनाएकी चौधरी आफू काठमाडौंवासी भएकाले बाहिर जाने कुनै योजना नबनाएको बताइन् । उनी भन्छिन्, ‘दशैं भन्या पारिवारिक जमघट हुने समय हो । यसकारण यो बेला घुम्नभन्दा पनि परिवारसँगै बसेर समय बिताउन रमाईलो लाग्छ ।’ चौधरीको गत बर्षको दशैं कोरोना पोजेटिभ भएकाले क्वारेन्टिनमा बितेको थियो । 

परिवारसँगै दशैंः सुबेदी 
नेपाल इन्भेष्टर्स फोरमकी सदस्य सिर्जना सुवेदीको पनि यस पटकको दशैं परिवारको सदस्यसँग मनाउँदै छिन् । टीकाको दिन आफूभन्दा ठूलाबाट आर्शिबाद लिने र सानालाई आर्शिबाद दिनेभन्दा अन्य केही नयाँ योजना नरहेको उनले बताईन । 

Advertisement

Advertisement