शेयर बजारमा लगानी गर्ने उपयुक्त समय कुन हो ? यी कुरामा ध्यान दिंदा राम्रो

Advertisement

काठमाडौं । कोरोना महामारीको सुरुवात भएसंगै शेयर बजारप्रति आम मानिसको चासो बढ्दै गएको छ । पछिल्लो समय बजारले कीर्तिमान पनि कायम गरिरहेको थियो । दुर्गम गाँउमा पनि शेयर बजारको बारेमा चर्चा सुनिन्छ ।

अहिले सार्वजनिक स्थल, घर, कार्यालय जहाँतहीँ शेयर बजारकै चर्चा छ । त्यसमा पनि आईपीओको चर्चा अझ बढी सुनिन्छ । आईपीओमा लगानी गर्ने लगानीकर्ताको संख्या बढिरहेको पनि छ । आईपीओको मार्फत नै अहिले शेयर बजारमा नयाँ लगानीकर्ता बजार प्रवेश गरिरहेका छन् । 

Advertisement

कतिपय बुझेर त कतिपय लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्ने गरेको सुन्न पाइन्छ । यसरी शेयर बजारमा प्रवेश गरेका लगानीकर्ताले अहिलेको अवस्था शेयर बजार प्रवेशको सही अवस्था हो वा होइन, बजार प्रवेश गर्दा के-के कुरामा ध्यान दिने भन्ने विषयमा बुझन खोजिरहेका हुन्छन् ।

प्राथमिक शेयरमा लगानी  गर्दा के के कुरामा ध्यान दिने ? 
पछिल्लो समय धेरै लगानीकर्ता शेयरमा लगानी गर्दा धेरै फाइदा हुन्छ भन्दै त्यसबारे राम्ररी नबुझी लगानी गर्न हतारिएको देखिन्छ । त्यस्तै साथीभाइको लहैलहैमा पनि लागेर क्लब हाउसको अनावश्यक वहसहरु सुनेर लगानी गर्दा लगानीकर्ताले आफ्नो सम्पती जोखिममा पारिरहेको देखिन्छ । तर, लगानी गर्नुअघि सामान्य कुरामा ध्यान दिए भने शेयरबारे धेरै जानकारी प्राप्त हुने बैंकर तथा शेयर बजार विश्लेषक अनलराज भट्टराईको बुझाई छ । 

प्राथमिक शेयर बजारमा प्रवेश गर्ने पहिलो माध्यम आईपीओ हो । आईपीओमा लगानी गर्न लगानीकर्ताले सर्वप्रथम डिम्याट खाता खोल्ने, बैंक वा ब्रोकरमा गएर मेरो शेयरको सुबिधा लिएर आफ्नै मोबाईल वा कम्प्युटरबाट आईपीओमा आवेदन दिन सकिन्छ । कुन कम्पनीको आईपीओ कहिले आउदै छ भनेर नेपाल धितोपत्र बोर्ड तथा विभिन्न सञ्चार माध्यमबाट थाहा पाउन सकिन्छ । कुनै पनि कम्पनीले आईपीओ निष्कासन गर्नको लागि बोर्डमा आवेदन दिएको हुन्छ । आवेदन स्वीकृत भएपछि कम्पनीले आह्वानपत्र निष्कासन गरेको हुन्छ ।

कम्पनीहरुले प्राथमिक सेयर (आईपीओ), हकप्रद शेयर र ऋणपत्र निष्कासन गर्दा होस् वा सामूहिक लगानी कोषहरुले योजना निष्कासन गर्दा, कम्तीमा एक साताअघि अनिवार्य रुपमा आह्वानपत्र निष्कासन गर्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीहरुले धितोपत्र बोर्डलाई एक दिनअघि नै जानकारी दिएर यस्तो आह्वानपत्र राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गर्नुपर्ने भएकाले यसबाट पनि लगनीकर्ताले सजिलै जानकारी लिन सक्छन्  ।

आह्वानपत्रमा कुन क्षेत्रको कम्पनीबाट आईपीओ निष्कासन भएको हो ? सेयर निष्कासन सम्बन्धी हो वा ऋणपत्र तथा सामूहिक लगानी कोषका योजनाहरुको हो वा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ? सबै कुरा थाहा हुन्छ । प्राथमिक सेयर त्यस कम्पनीमा लगानी नभएका सर्वसाधारण तथा संस्थाहरुको लागि निष्कासन गरिएको हुन्छ ।
प्राथमिक बजारमा लगानी गर्न लगानीकर्ताले धेरै कुराको बारेमा अध्ययन नगर्दा पनि खासै घाटा खानु पर्ने अवस्था नआउने भट्टराईको बुझाई छ । यसमा पनि आफुलाई आईपीओमा लगानी गर्न लागेको कम्पनीको बारेमा बुझ्न पर्यो भने कुन कम्पनीको आईपीओलाई रेटिंग एजेन्सीले कति रेटिंग दिएका छन् । कुन कम्पनीको सञ्चालक समितिको अवस्था कस्तो छ ? वा त्यसको वित्तीय अवस्था कस्तो छ  भन्ने विषयमा अध्ययन गर्न पाइन्छ ।

दोस्रो बजारमा कसरी लगानी गर्ने ? 
दोस्रो बजारमा प्रवेश गर्न प्राथमिक शेयर बजारमा  खरिद गरेको सेयर बिक्री गर्नलाई दोस्रो बजारमा प्रवेश गर्नु पर्ने हुन्छ । आईपीओ खरिद गरेर बिक्री गर्ने क्रममा नै दोस्रो बजार प्रवेश गर्न सकिन्छ । तर, नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बिभिन्न कम्पनीको शेयर खरिद गर्न भने बुझेर मात्र खरिद गर्नु पर्ने भट्टराई बताउछन् । अहिले दोस्रो बजारमा कारोबार गर्न पनि एकदमै सजिलो वातावरण बनिसकेको छ । अनलाईन माध्यमबाट नै लगानीकर्ताले सजिलै दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न सक्छन् ।  

दोस्रो बजारमा कारोबार गर्नु भनेको कुनै पनि कम्पनीको नेपाल स्टक एक्सचेन्जमा सूचीकृत शेयर खरिद बिक्री गर्नु हो । दोस्रो बजारमा कारोबार गर्नलाई बैंक खाता, डिम्याट खाता, ग्राहक पहिचान खाता (केवासी) आवश्यक पर्दछ । यदी यती खाता खोलेको छ भने लगानीकर्ताले ब्रोकर कम्पनीको माध्यमबाट आफ्नो शेयर बेच्न पाउनेछन् । लगानीकर्ता स्वंयमले आफ्नो शेयर खरिद बिक्री गर्नको लागि भने अनलाईन ट्रेडिङ सिस्टम (टिएमएस)  खाता  खोल्न आवश्यक हुन्छ । यो खाता खोलेका लगानीकर्ताले आफ्नै मोबाईल तथा कम्प्युटरबाट शेयर कारोबार गर्न सक्दछन् । 

दोस्रो बजारमा हुँने रिक्स कसरी म्यानेज गर्ने ? 
शेयर बजार लगानी जोखिम उच्च भएको ठाउँ हो । यहाँ लगानी गर्ने लगानीकर्ताले बजारको बारेमा राम्रोसंग बुझेरमात्र लगानी गर्नु पर्ने जानकारहरु बताउछन् । शेयर बजारमा लगानी गर्ने लगानीकर्ता दुई प्रकारका हुन्छन् । दोस्रो बजारमा कारोबार गर्दा लगानीकर्ताले के गर्ने ? तलका टिप्स हेरौँ:

१. यदी लगानीकर्ताले छोटो समयको लागि शेयर खरिद गर्दै छ भने कुनै पनि लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा आफुले कुन कम्पनीको शेयर खरिद गर्न लागेको हो ? त्यसको दैनिक कारोबारको इण्डेक्स कति घटबढ भएको छ ? हप्तामा कम्पनीको अवस्था कस्तो छ ? त्यसको अध्ययन गर्ने र लगानी गर्न उपयूक्त छ छैन बिचार गरेर लगानी गर्ने । 

२. लामो समयको लागि शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले लगानी गर्नु पुर्व कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ ? कुन कम्पनीले कति प्रतिशत लाभांश दिने क्षमता छ ? कम्पनीको सञ्चालक  समितिको अवस्था कस्तो छ ? लगायतका कुरामा ध्यान दिन आवश्यक हुन्छ ।

Advertisement

Advertisement