दशैँ बिदाको पूर्वसन्ध्यामा पनि शेयर बजारमा भएन सुधार, ३ अर्ब ६३ करोडको कारोबार

Advertisement

काठमाडौँ । दशैँ बिदा शुरु हुने अघिल्लो दिन पनि शेयर बजार घटेको छ । भोलि फुलपातिदेखि दशैँ बिदा शुरु हुँदैछ । बिदाको अघिल्लो दिन आज बजार २३.१९ अंकले घटेको हो । ०.८७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३९.३७ अंकमा झरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २१९ कम्पनीका ९३ लाख १४ हजार ७ यस ८० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपियाँ बराबरको कारोबार भएको छ । 

Advertisement

बजार ओरालो लागेको दिन आज म्युचुअल फण्ड ०.०६ अंक र लगानी समूह ०.९१ अंकले बढे पनि बाँकी समूह भने राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ७८.९६ अंकले घटेको हो । 

आज ग्लोबल आइएमई समुन्नत स्कीम १ का लागनीकर्ताले सबैभन्दा बढी ९.९० प्रतिशतले नाफा कमाएका छन् भने महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी ८.७६ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज नबिल बैंकको उच्च कारोबार भएको छ । नबिलको १७ करोड १३ लाख ८५ हजार १ सय १८.३० रुपियाँ बराबरको कारोबार भएको हो । 

लामो समयदेखि शेयर बजारमा ओरालो यात्रामा रहेको छ । साताको पहिलो दिन हिजो पनि बजार १८.५३ अंकले घट्दा ४ अर्ब ४९ करोढ ८० लाख ४३ हजार ५ सय ८१ रुपियाँ बराबरको कारोबार भएको थियो । 

गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार भएकोमा उक्त रकम पनि घट्दै आएको छ ।    
 

Advertisement

Advertisement