आठ लाख १९ हजारलाई पर्ने मध्य भोटेकोशीको आईपीओमा पौने २५ लाखको आवेदन

Advertisement

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको साधारण शेयर(आईपीओ)मा २४ लाख ७६ हजार ४ सय ८१ जनाले आवेदन दिएका छन् । 

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार २४ लाख ७६ हजार ४ सय ८१ आवेदकबाट ३ करोड ७३ लाख ४८ हजार ४० कित्ता शेयरका लागि आवेदन परेको हो । 

Advertisement

उक्त कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म ९० करोड रुपियाँ बराबरको आईपीओ निष्काशन खुला गरेको थियो ।  

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको जारी पूँजी ६ अर्बको १५ प्रतिशत अर्थात ९० करोड रुपियाँको ९० लाख कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सामुहिक लगानीकोषका लागि छुट्याइएको छ । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्बसाधारणले आवेदन दिन पाउने व्यवस्था थियो ।  

सर्बसाधारणका लागि छुट्याइएको ८१ लाख ९० हजार कित्ता आईपीओ ८ लाख १९ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउने छन् । 

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट १ करोड ५० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो । पहिलो चरणमा आयोजना प्रभावितका लागि ६० लाख कित्ता आईपीओ निष्काशन खुला गरी असोज ११ गते सोमबार बाँडफाँट समेत गरिसकेको छ । 

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्य भोटेकोशी आयोजना निर्माण गरिरहेको छ ।

Advertisement

Advertisement