एनआईसी एसियाले पनि सार्वजनिक गर्यो दशैं भिडियो, यस्तो छ मार्मिक कथा

Advertisement

काठमाडौँ । एन आई सी एसिया बैंकले आफ्नो दशैं भिडियो सार्वजनिक गरेको छ । आफ्नैहरुबाट तिरस्कृत भएर वृद्धाश्रममा जीवन बिताइरहेका वृद्ध–वृद्धाको कथालाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । साथै कथाको अर्को पाटोमा अनाथहरुको आफन्तबिनाको नीरस जीवनको चित्रण गरिएको छ । 

कथाका यी दुइ पात्रहरुलाई एकैठाउँमा ल्याएर वृद्धाश्रम र अनाथआश्रम बिचको दूरी मेटाएर एक नयाँ शुरुवातको सटिक प्रस्तुतीकरण यस भिडियो मार्फत गरिएको छ । सोच बदलिएको खण्डमा हर कुरा सम्भव छ भन्ने सन्देश यो भिडियोले दिएको छ । 

Advertisement

वृद्धाहरुलाई बालबालिकाको साथ तथा अनाथहरुलाई वृद्धवृद्धाका रुपमा अभिभावकहरुको साथ पाएपछि दशैं हर्षोल्लासका साथ मनाइएको मन छुने प्रस्तुती रहेको छ 

Advertisement

Advertisement