बंगलादेशलाई बराबरीमा रोक्दै पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

Advertisement

एजेन्सी । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत आज भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको छ । 

पहिलो हाफको ९औं मिनेटमा बंगलादेशले गोल गर्दै अग्रता लिएकोमा दोस्रो हाफको अन्तिम समयमा नेपालले जवाफी गोल गर्दै बराबरी गरेको हो । समय सक्किन एक मिनेट बाँकी रहँदा नेपालका लागि अन्जन बिष्टले पेनाल्टीमा गोल गरेर बराबरी गरेका हुन् । 

Advertisement

बंगलादेशका किपर सीधा रातो कार्ड खाँदै बाहिरिएपछि बंगलादेश १० खेलाडीमा सीमित भएको थियो । आजको खेलबाट नेपालले थप एक अंक जोडदै अंक तालिकामा आफ्नो अग्रता कायम राखेको छ । राउन्ड रोविनको बाँकी एक खेल आजै राति भारत र माल्दिभ्सबीच हुँदैछ । 

नेपालले ७ अंक जोडेको छ । रातिको खेल जस्ले जित्छ उससँग नेपालको फाइनलमा प्रतिस्पर्धा हुनेछ । यसअघि भारतविरुद्ध रक्षात्मक खेलेको नेपालले आज भने आक्रामक खेल खेलेको थियो । नेपाल इतिहास रच्दै पहिलो पटक साफको फाइनलमा पुगेको हो । 

Advertisement

Advertisement