बेलायतका एक सांसदको छुरा प्रहार गरी हत्या

Advertisement

लन्डन (सिन्ह्वा) । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ । छुरा प्रहार गरेर उनको हत्या गरिएको समाचारमा जनाइएको छ । यस हत्याको घटनालाई प्रहरीले आतंककारी हमला भनेको छ । सांसद डेभिडको उनको आफ्नै निर्वाचन क्षेत्रको एक चर्चमा हत्या भएको हो ।     
     
डेभिडको निर्वाचन क्षेत्र एसेक्सस्थित एक चर्चमा मतदाताहरूसँगको भेटघाटका क्रममा छुरा प्रहार गरिएको थियो । त्यस हत्याको आरोपमा प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । त्यस स्थलबाट प्रहरीले चक्कु भेटेको जनाएको छ । प्रहरीले यस हत्यामा संलग्नलाई पक्राउ गरिएको जनाएको छ र अनुसन्धान जारी रहेको बताएको छ ।     
     
यस हत्याको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले टोलीले यसमा आतंकवादीको हात रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले एक राम्रा राजनीतिज्ञ गुमाउनु परेको भन्दै त्यस दुःखद निधनप्रति शोक व्यक्त गरेका छने ।     

सांसद डेभिड ६९ वर्षका हुनुहुन्थ्यो । उहाँ सन् १९८३ देखि सांसद रहेका थिए । सांसद डेभिड आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेटघाट कार्यक्रममा रहेका बेला हत्या भएको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement