नेपाल साप च्याम्पियनसिपको उपविजेतामा सीमित

Advertisement

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल पदक हात पार्नबाट चुकेको छ । गए राति भएको खेलमा भारतसँग नेपाल ३–० ले पराजित भएको हो । 

अघिल्ला खेलहरुमा नेपालले राम्रो प्रस्तुती गर्दै आएको थियो । तर फाइनल खेलमा नेपालको ‘टेक्निकल एरिया’मा मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई प्रतिवन्ध लगाइएसँगै परिणाम अनपेक्षित हुन पुग्यो । भारी बर्षाका बीच भएको खेलमा नेपाल निकै दबाबका बीच खेलेको थियो । 

Advertisement

पहिलो हाफको गोलरहित बराबरीपछि भारतले एक मिनेटको अन्तरमा दुई गोल गरेको थियो । यसअघि सात पटक साफ च्याम्पियनसिप बनेको भारतको यो आठौं जित हो । हालसम्म साफ च्याम्पियनसिपका १३ संस्करण सम्पन्न भइसकेका छन् । 

दक्षिण एसियामा आर्थिक राजनीतिकरुपमा हावी हुँदै आएको भारतसँगको खेलमा अन्य मुलुकले मनोवैज्ञानिक प्रभाव परेको देखिन्छ । शनिबार रातिको फाइनल खेलमा पनि भारत भावी रह्यो । 

राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको लिग चरणका सुरुआती दुई बराबरी खेलेर कमजोर सुरुआत गरेको थियो । तर त्यसपछि भने उसले लगातार जित्दै आएको छ । फाइनलमा पहिलो गोल सुनील क्षेत्रीले ४९ औं मिनेटमा गरे । उनले सजिलै हेडबाट पहिलो गोल गरे । त्यसको एक मिनेटमै भारतका सुरेश सिंहले दोस्रो गोल थपे । यस्तै खेलको ९० औं मिनेटमा साह अल्दुलले तेस्रो गोल गरे ।

Advertisement

Advertisement